अजित अधिकारी
चितवन । माडीका सबै वडाहरुमा नेकपाको इन्चार्ज चयन भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवन जिल्ला समितिले नेताहरुको जिम्मेवारी समायोजनका क्रममा माडीका नौं वटै वडाहरुको ईञ्चार्ज चयन गरेको हो ।

जिल्ला समितिमा रहेका माडीका सबै नेताहरुलाई माडी नगर कमिटिको सह–ईञ्चार्जका साथै प्रत्येकलाई एक एक वटा वडाको ईञ्चार्जको जिम्मेवारी दिइएको हो । यस अन्र्तरगत नेकपा जिल्ला सदस्य केदार अधिकारीले वडा नं. १, दण्डपाणी पौडेलले वडा नं. २, पुरन महत्तोले वडा नं. ३, कमल रामदामले वडा नं. ४, हरि भुसालले वडा नं. ५, प्रेम तिमिल्सिनाले वडा नं. ६, ऋषि काफ्लेले वडा नं. ७, नारायण पौडेलले वडा नं. ८ र जित बहादुर शाहीले वडा नं. ९ को ईञ्चार्जको जिम्मेवारी पाएका छन् । यसबाहेक नेकपाको माडी नगर कमिटि अध्यक्षमा प्रभु प्रसाद महत्तो, सचिवमा नारदमणी पौडेल र इञ्चार्जमा प्रेमराज तिमल्सिनाको यसअघि नै चयन भइसकेका छन् ।

तपाईको प्रतिक्रिया