चितवन । माडी सदरमुकाम भरतपुर देखि करिब ४२ किलोमीटरको दुरिमा पर्दछ । चितवन सुगम जिल्ला र स्मार्ट सिटीको रुपमा परिचित रहदै गर्दा आज सम्म पनि समग्र चितवन क्षेत्रको बिकास भने अझै हुन सकिरहेको छैन । चुनावी सरगर्मीका बेला र माडीका बामपंथी नेता स्वर्गिय दिवाकर स्मृति सभालाई सम्बोधन गर्ने क्रममा नेकपाका अध्यक्ष एबम पुर्ब प्रधानमन्त्री पुष्प कमक दाहाल “प्रचण्ड” ले माडीलाइ मणी बनाउने भनेर बारम्बार दोराएका भनेका थिए । तर आज सम्म पनि माडी मणी हुन सकिरहेको छैन । साथै उनले माडीको बिकासको लागि आफु निरन्तर लागि परेको र माडीमा भएको बन्यजन्तुको आक्रमण र क्षतिका बिषयमा मानव र बन्यजन्तु बिचको दोन्द्ध तत्काल रोकिनु पर्ने र निकुञ्ज ऐन २०२९ लाइ तत्काल जनपक्षीय बनाउन लागिएको बताएका थिए ।

प्रचण्डले चितवन राष्ट्रिय निकुञ्जका सेना प्रशासन र संसदमा रातो पिरो हुने गरि माडीको सडक पुल पुलेसा र बाटोको बिकासको बिषयमा छलफल भएको र अहिलेसम्म माडीका १२ वटा खोलाका पुलहरुको धमाधम टेन्डर भएको र केही खोलाहरुमा पुल निर्माणको काम भइरहेको पनि बताएका थिए । पछिल्लो समय माडी ठोरी हुलाकी सडक रुटको अवस्था कुरुप बन्दै गएको छ । हुन त माडीमा सडक निर्माणको काम भने भइनै रहेका छन् । तर पनि सडकको कारणले गर्दा माडीमा समस्याहरु देखिएका छन् । सडक कालोपत्रे गर्ने ठेक्का पाएको आशिष कन्टक्सन प्रा.ली ले काममा ढिलाइ गर्दा माडीकोको सडकको अबस्थाका कारण अहिले नजिकिदै गरेको नेपाल पर्यटन बर्ष २०२० लाई समेत गहिरो असर पार्न सक्ने अवस्था देखिएको छ । माडी प्रबेश गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरुलाइ समेत माडीको सडकको अवस्थाका कारण असर पर्न सक्ने देखिएको छ ।

उता सडक कालोपत्रे दशै अगाबै गर्ने भनी सडकमा बिच्छाइएको ग्राबेलका कारण अत्याधिक धुलो उड्ने समस्याले माडीको बाताबरण प्रदुषण र सडक कुरुप बन्दै गएपछि अहिले माडी नगरपालिकाले सडकमा पानीको हाल्ने काम भने थालेको छ । अधिकांश सडक बर्साको समयमा हिलाम्य र हिउँदको समयमा धुलाम्य हुने क्रम भने रोकिएको छैन । आशिष कन्टक्सन प्रा.लि ले माडीको सडक कालोपत्रेको काम अब केही समयपछि सुचारु गर्ने भनेता पनि आज सम्म सडकको काम भने हुन सकिरहेको छैन । सडक कालोपत्रे गर्न भनी सडकमा बिच्छाइएको ग्राबेलका कारण र सवारी साधनहरु ओहोरदोहोर गर्ने क्रममा बाटोमा पैदल यात्रा गर्ने पैदल यात्रुहरुलाइ सडक कालोपत्रे नहुदा सडकमा बिच्छाइएको ग्राबेल उछिट्टिेयर लाग्न सक्ने डर बढिरहेको माडीका एक स्थानीय बाबुराम अधिकारीले नेपालीको आवाज डटकमलाइ बताए ।
यसरी समग्र अवस्थालाई हेर्दा हालका दिनमा माडीको अवस्थाले एउटै प्रश्न उठ्छ माडीलाई मणि बनाउने प्रचण्डको सपना कहिले होला पुरा ?

तपाईको प्रतिक्रिया