महेश पाण्डे
पोखरा । “सडकमै खाऔं, सडकमै रमाऔं” भन्ने नारा सहित २१ औं पोखरा सडक महोत्सव आजबाट सुरुहुंदै छ । जसको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेबान) ले अंग्रेजी नयाँ वर्षको अवसर पारेर हरेक वर्ष महोत्सब आयोजना गर्दै आएको छ । जुन नेपालकै सबैभन्दा ठुलो सडक महोत्सब रहेको छ । महोत्सव अवलोकन गर्नका लागि आन्तरिक र बाह्य पर्यटकहरु पोखरा आउने गरेका छन् । रेबान पोखराका अध्यक्ष भीमसेन भुजेलले पोखराको पर्यटन र भ्रमण वर्ष–२०२० को प्रवर्धनका लागि नेपालकै ठूलो महोत्सव मध्येको सडक महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने पत्रकार हरुलाई जानकारी दिए । उनले ‘सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नारासहित लेकसाइडको तीन किलोमिटर क्षेत्रमा महोत्सव हुने बताए ।

उनल सोे सडक क्षेत्रमा खानेकुराका विभिन्न परिकारका २५ स्टल रहने बताउदै ३ किमि क्षेत्रफलमा रहेका होटल तथा रेष्टुरेन्टले आ–आफ्नो ठाउँ अगाडी बिभिन्न खानाका परिकारहरु राख्ने जानकारी दिए । महोत्सवमा नेपालका विभिन्न कला संस्कृति झल्कने प्रदर्शनी, साँस्कृतिक कार्यक्रम, हस्तकला प्रदर्शनी, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम, बालउद्यान, लाइभ कन्सर्ट, लोक दोहोरी हुने अध्यक्ष भुजेलले जानकारी दिए । भ्रमण वर्ष २०२० को उद्घाटन पनि महोत्सव स्थलबाट गर्ने गरी तयारी भईरहेको छ पनि उनले बताए ।

भ्रमण वर्षको अवसर पारेर पोखराको गौरीघाटमा रहेको शाही राजाको दरबार रत्न मन्दिर खुलाउने तयारी भइरहेको बताउदै भुजेलले भ्रमण वर्षको मुख्य आकर्षणका रुपमा रहने दाबीसहित खुलाउने प्रयास भएको बताए । तर सो दरबार खुल्ने वा नखुल्ने भन्ने अन्योल रहिनै रहेको छ ।
महोत्सव संयोजक लक्ष्मण बरालले महोत्सवको उद्धघाटन संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गर्ने जानकारी दिए । उनले पहिला दिन हल्लनचोकबाट सुरू हुने विभिन्न साँस्कृतिक झाँकीसहितको र्याली कोमागाने पार्क पुग्ने त्यस पछि महोत्सवको उद्धघाटन गरिने बताए । उनले महोत्समा सुरक्षालाई मध्येनजर गरेर सिसि क्यामरा पनि जडान गरिएको र महोत्सव हुने ३ किलोमिटर क्षेत्रमा ४ वटा स्टेज राखिएको र त्यहाँ विभिन्न साँस्कृतिक प्रस्तुती देखाइने पनि बताए ।

सडक महोत्सबमा सहभागी हुन रेवान सौराहाको टिम पोखरामा

सडक महोत्सबमा सहभागी हुन रेवान सौराहाको टिम पनि पोखरा आइपुगेको छ । रेवान सौरहाका अध्यक्ष दिपेन्द्र खतिवडाको नेतृत्वमा करिब ७ जनाको टिम पोखरा आएको हो । उक्त टिममा प्रथम उपाध्यक्ष नरेश गिरी, कोषाध्यक्ष गोपी कृष्ण बिडारी, सह–कोषाध्यक्ष सुर्य रिमाल, कार्यसमिति सदस्यद्धय ईन्द्र राज चौधरी र राजेश कुमार तमाङ्ग, सल्लाहाकार यादव श्रेष्ठ लगाएतका रहेका छन् ।

रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले रेवान पोखरासंग मिलेर सधै अगाडी बढि रहेको बताउदै रेवानले गर्ने कार्यक्रमको जानकारी दिन पोखराको टिम चितवन र चितवनको टिम पोखरा जाने गरेको बताए ।

तपाईको प्रतिक्रिया