
चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा बिहीबारबाट सुरु भएको छ । चितवन हात्ती महोत्सवअन्तर्गत शनिबार हात्ती सुन्दरी प्रत्योगिता र हात्ती फुटबल प्रत्योगिता हुने आयोजक क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिएका छन् ।
आज महोत्सवको तेस्रो दिन साँस्कृतिक कार्यक्रमअन्तर्गत चर्चित लोक तथा दोहोरी गायिका शान्तिश्री परियारको प्रस्तुति रहने छ । बोल माया, पछ्यौरी च्यातियोलगायत दर्जनौँ गीतहरु उनको सुपरहिट रहेका छन् । भने आजै डिभी लोप्चन , विश्व दोङ र स्थानिय कालाकारहरुको प्रस्तुति रहने साँस्कृतिक संयोजक प्रकाशचन्द्र भट्टराईले जानकारी दिए ।
महोत्सवमा दिन प्रतिदिन अवलोकन गर्नेको संख्या वृद्धि हुँदै गएको छ । शनिबार महोत्सव अवलोकन गर्न आउनेको संख्या बढ्ने र अवलोकनकर्ताको चाहानाअनुसार साँस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिएको साँस्कृतिक समितिका सहसंयोजक एवं चर्चित गायक मिलन लामाले बताए ।
हात्ती महोत्सव पुस १८ गतेसम्म वाघमारा मध्यवर्ती सामुदायिक वनको चौर सौराहामा सञ्चालन हुनेछ ।