
महेश पाण्डे
पोखरा । २१ औँ पोखरा सडक महोत्सव सुरु भएको छ । “सडकमै खाऔँ, सडकमै रमाऔँ” भन्ने नारासहित रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान)को आयोजनामा पुष १२ गते देखि १६ गतेसम्म ५ दिने महोत्सव पोखरामा सुरु भएको हो ।
शनिबार महोत्सवको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री योगेश भट्टराईले “फेवातालको पानीमुनि व्इक्तिको लालपुर्जा कसरी हुन्छ ?” भन्ने प्रश्न गरेका छन् । उनले प्राकृतिक सम्पदामा व्यक्तिले निजी व्यवसाय चलाएको बताउँदै अब त्यो विषयमा सोच्ने बेला आएको बताए ।
भट्टराईले प्रकृतिमा खेलबाड भए त्यसको अस्तित्व सकिने जिकिर गर्दै सरकारले कुनै पनि हालतमा सार्वजनिक सम्पत्ति व्यक्तिलाई दुरुपयोग गर्न नदिने बताए । फेवाताल बचाउm अभियान सञ्चालन भएकोप्रति खुसी व्यक्त गर्दै भट्टराईले त्यस कदममा सरकार सदैव साथमा रहेको बताए ।
उनले पोखराका पर्यटन व्इवसायीलाई सार्वजनिकस्थलमा पार्क, फुटवाक, साइकल लेनलगायतका कुराहरुको लागि प्रस्ताव ल्याउन आग्रह गर्दै सो प्रस्ताव आएमा प्रस्तावअनुसारका कार्यहरु अगाडि बढ्नेमा कुनै समस्या नहुने जानकारी दिए ।
उनले पोखरा ५ बजे नै सुत्न नहुने बताउँदै अब रातभरिनै पोखरा खुल्नुपर्नेमा जोड दिए । हालका दिनमा ५–७ हजार मानिस दैनिकरुपमा हवाई यात्रा गर्ने गरेकोमा अब सन् २०२० को डिसेम्बरसम्ममा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भई सन् २०२१ को जनवरीमा सञ्चालनमा आउने बताए ।
मनत्री भट्टराईले पोखरालाई आन्तरिक विमानस्थलको हब बनाउन लागिएको जानकारी पनि दिए । उनले भरतपुर, विराटनगर, जनकपुर, धनगढी र सुर्खेतबाट पोखरामा सीधा हवाई उडानको व्इवस्था गर्न लागिएको बताउँदै सोपश्चात् पोखरा आन्तरिक विमानस्थलको हब हुने बताए । उनले हिजोको जस्तो केन्द्रीकृत मानसिकता अबका दिनमा काम नलाग्ने बताउँदै पर्यटकीय सम्भावना अगाडि बढाउन पोखरालाई सदैव सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
पोखराका पर्यटन व्यवसायीले गुनासो गर्ने होइन भन्दै मन्त्री भट्टराईले पोखराले देशभित्र र बाहिर पर्यटकीय नमुना बनेर देखाउनुपर्ने कुरामा जोड दिए । उनले पोखराले केही कुरा माग्नेभन्दा पनि सम्पन्नता, आधुनिकरण देखाउनुपर्ने बताए । उनले अन्य ठाउँका जनप्रतिनिधिभन्दा माथि उठेर पोखराका जनप्रतिनिधिले काम गर्नुपर्ने बताउँदै जुनकुनै सहयोग गर्न परे पनि सरकार त्यसमा तयार रहेको बताए ।
कार्यक्रममा बोल्दै प्रदेश सभा सांसद राजीव पहारीले पोखरामा पर्यटकको बसाइँ लम्बाउन पूर्वाधार निर्माणमा जोड दिनुपर्ने कुरा व्इक्त गरे । उनले पोखरामा रहेको खालीचौरमध्ये कुनै एक चौरलाई पार्कको रुपमा विकास गर्नुपर्ने धारणा पनि राखे ।
पोखरा महानगरपालिकाका नगरप्रमुख मानबहादुर जिसीले पोखरा सडक महोत्सवले सुस्ताएको पर्यटनको उजागर गरेको जानकारी दिँदै यो देशकै ब्राण्ड बनेको जिकिर गरे । उनले पोखराको पर्यटन विकासको लागि महानगरपालिकाले कसरी सहयोग गर्ने भनेर लागिरहेको बताउँदै पर्यटनको प्रवद्र्धन र विकासका लागि महानगरले गुरुयोजना नै बनाएर अगाडि बढेको जानकारी पनि दिए ।
कार्यक्रमका सभापति तथा रेवान पोखराका अध्यक्ष भीमसेन भुजेलले कार्यक्रमका उपस्थित सबैलाई धन्यवाद व्इक्त गर्दै पोखरामा अंग्रेजी नयाँ वर्षमा पर्यटक भित्रिनुको मुख्य कारण सडक महोत्सव नै रहेको जिकिर गरे । उनले विगत बीस वर्षअघि पुस महिनामा चिसो भएकाले तातो ठाउँको खोजीमा पर्यटकहरु लाग्ने गरेको बताउँदै सो महोत्सव सुरु भएपछि भने त्यसो नभएको बताए ।
पुस १२ देखि १६ गतेसम्म लेकसाइडको तीन किमि क्षेत्रफलमा दैनिक दिउँसो १ बजेदेखि रातिसम्म महोत्सव सञ्चालन हुने कार्यक्रमका सह–संयोजक नरेश भट्टराईले नेपालीको आवाज डटकमलाई जानकारी दिए । उनले उक्त अवधिमा करिब ८ लाखभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले महोत्सव अवलोकन गर्ने बताउँदै हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने बताए । भट्टराईले महोत्सव स्थलका चार ठाउँहरु अम्बोट, गौरीघाट, सेन्टर पोइन्ट र खहरे चोकमा स्टेज निर्माण गरिएको बताए । सो स्थानमा हरेक दिन विभिन्न जिल्लाबाट आएका सांस्कृतिक झाँकीसहित टोलीले आफ्ना प्रस्तुतिहरु पनि प्रस्तुत गर्ने जानकारी दिए ।