रत्ननगर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रत्ननगर नगर कमिटीको शनिवार सपथग्रहण कार्यक्रम गरिएको छ । अध्यक्ष कुलप्रसाद लामिछाने,सचिव ओम लामिछाने सहित ८३ सदस्य नगर कमिटीको सपथग्रहण गराइएको हो । कार्यक्रमका प्रमुख अतिथि पार्टीका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले सपथग्रहण गराएका थिए ।
उच्च मनोवलका साथ पार्टीको संगठन विस्तारमा लाग्न कार्यकर्तालाई आग्रह गरे । कार्यक्रममा नेकपाका जिल्ला इन्चार्ज कृष्णप्रसाद खनालले पार्टीलाई नेता तथा कार्यकर्ताको निजी स्वार्थ पूर्ति गर्ने हतियार बनाउन नहुने तर्क गरे । कार्यक्रममा जिल्ला अध्यक्ष यमबहादुर परियारले नगर कमिटीका पदाधिकारी तथा सदस्यहरुले संगठन विस्तार,पार्टी विरुद्ध भइरहेको गलत प्रचारको भण्डाफोर लगायतका काम गर्नुपर्ने बताए ।

कार्यक्रममा रत्ननगर नगरकमिटीका अध्यक्ष कुलप्रसाद लामिछानेले पार्टीलाई चलायमान बनाउदै जनताको हितमा काम गर्ने बताए । लामो सयम देखिको पार्टी भित्रका गतिरोध अन्त्य गर्दै पार्टीलाई जनताको मन मनमा पु¥याउने उनले प्रतिबद्धता जनाए । कार्यक्रममा पार्टीका केन्द्रीय कमिटी सदस्य तथा प्रदेश सहइन्चार्ज काशिनाथ अधिकारी,प्रदेश सांसद कन्चन खनाल,घनश्याम दाहाल,प्रदेश कमिटी सदस्य जेएन थपलिया लगायतले मन्तव्य राखेका थिए । नगर इन्चार्ज राजु अम्गाईको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सचिव तथा प्रतिनिधि सभा सांसद कृष्णभक्त पोखरेल,प्रदेश सांसद विजय सुवेदी,जिल्ला सदस्य तथा रत्ननगरका मेयर नारायण वन,रननगरकी उपमेयर विमला दुवाडी सहित जिल्ला कमिटी सदस्यहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया