महेश पाण्डे
चितवन । हात्ती महोत्सबको चौथों दिन आज छावा फुटबल र ढुङ्गा दौडको सेमिफाईन खेल संगै लोक गायीका मञ्जु पौडेलको प्रस्तुती रहने भएको छ । पौष १० गते देखि १८ गते सम्म ९ दिन सम्म चल्ने १६ औं चितवन हात्ती महोत्सब सौराहामा भैरहेको छ । जसमा हरेका दिन हात्तीका बिभिन्न रमाईला खेलसंगै राष्ट्रिय तथा स्थानिय कलाकारको पनि प्रस्तुति रहदै आएको छ । आजनै हात्तीको छावा फुटबल र ढुङ्गा दौड संगै हात्ती फास्ट वाल्कपनि रहने आयोजकले जानकारी दिएको छ ।

होटल एसोसियसन अफ नेपाल चितवनका अध्यक्ष दिपक भट्टराईले हात्तीका छावाको फुटबलमा ८ टिमले भाग लिएकोमा चितवन उद्योग संघको टिम फाइनलमा पुगि सकेको नेपालीको आवाजलाई जानकारी दिए । भट्टराईले अब नाटा र ईण्डियाको एक टिमको नाममा रहेको छावाको फुटबल बांकी रहेकोले आज जसले जित्नेछ उक्त टिम जनवरी ३ मा हुने फाइनलमा पुग्ने बताए । उनले राप्ति नदिमा सञ्चालनमा रहेको ढुङ्गा दौडमा पनि ७ वटा टिमलो सहभागी जनाएकोमा अब ५ टिम बांकी रहेको र आजनै सेमिफाइनल र फाईनलको खेल हुने बताए ।

हात्ती महोत्सबको अर्को आकर्षण रहेको सांस्कृतीक कार्यक्रममा पनि आज नेपाली लोक क्षेत्रमा चर्चीक गायीका मञ्जु पौडेलको प्रस्तुती रहने कार्यक्रमका सांस्कृतीक संयोजक प्रकाश चन्द्र भट्टराईले जानकारी दिए । उनले हरेक दिन हात्तीको खेल संगै दर्शकलाई मनोरञ्जन पनि दिने सोचका राखेर राष्ट्रिय तथा स्थानिय कलाकारको साथमा विविध सांस्कृतिक कार्यक्रम हुने गरेको बताए ।

कार्यक्रमका सह संयोजक तथा लोक गायक मिलन लामाले हरेक दिन दोहोरी तथा बिभिन्न बिधामा रमाईलो माहोल बनि रहेको बताउदै सबैलाई महोत्सबमा आउन आग्रह पनि गरे । उनले आजनै लोक गायीका मञ्जु पौडेलसंगै हास्य कलाकार शुरज भिरखोइरे, डि.वी. लोप्चन, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल चितवन शाखाका कलाकारको प्रस्तुती रहने भएकाले सबैलाई कार्यक्रममा आउन आग्रह पनि गरे ।

तपाईको प्रतिक्रिया