
दोहा- कतारको राष्ट्रिय दिवसको अवसरमा विभिन् मुद्दामा जेलमा सजाय कटाइरहेका नौ जना नेपाली कैदीलाई यहाको सरकारले आममाफी दिएको छ। कतारस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै उनीहरुलाई रिहा गरेको जनाएको छ ।
कतारको केन्द्रीय कारागारमा विभिन्न आरोपमा सजाए भोगिरहेका उनीहरु आममाफी पाएसँगै नेपाल फिर्ता पठाउन सहजीकरण गरिरहेको दूतावासले जनाएको छ ।
उनीहरुमध्ये चार जनाको राहदानी नभएकाले यात्रा अनुमति पत्र घरफिर्ती केन्द्रमा नै उपलब्ध गराएको दूतावासले जनाएको छ ।
कतार सरकारले हरेक वर्ष राष्ट्रिय दिवसको अवसरमा कारागार सजाय भोगिरहेकामध्येबाट उनीहरुको चालचलन र उनीहरुमाथि लागेको आरोपको प्रकृति हेरेर बन्दीहरुलाई आममाफी दिने गरेको छ ।