
चितवन । सन नेपाल लाईफ ईन्स्योरेन्सको नारायणगढमा अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । ईन्स्योरेन्स कम्पनीको नारायणगढ शाखाद्वारा शनिबार नारायणगढमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अयार्ल को सभापतित्वमा अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा कम्पनीका कार्यकारि प्रमुख राज कुमार अयार्ल र सहायक महा प्रबन्धक घनश्याम पुरिले सहजिकरण गरेका थिए भने हाकिमचोक उप शाखा प्रमुख रबिन्द्र अधिकारी तथ क्रमशः चनौलीका कपिल परियार गितानगर रामनाथ तिवारि, गैडाकोटका अन्जान धाई थापा, टाँडिका प्रकाश बाबू खनाल, माडिका प्रकाश अर्याल, कावासोतिकी रिता काफ्ले लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा चालु आ.व.मा उत्कृष्ट ब्यबसाय गर्ने गणेश न्यौपाने, ईन्दिरा घिमिरे, सिर्जना महतो, संजिता अधिकारी, रस्सु के. सि. लगायतलाई पुरस्कृत पनि गरिएको थियो ।