
काठमाण्डौ । गायक बिक्रम क्षेत्री र नारायणी पहारीको लोक गित “चल्यो बतास” सार्वजनिक भएको छ । भावना म्युजिक सोलुसनको आधिकारीक युट्युब मार्फत सो गित सार्वजनिक भएको हो ।
गितमा गायक बिक्रम क्षेत्री तथा गायीका नारायणी पहारीको आवाज रहेको छ भने मोडल बिमल अधिकारी र अनिता खत्रीको अभिनय रहेको छ । गायक क्षेत्रीले माया र प्रेममा रहेका मायालु जोडिको पिडा र ब्यथालाई गितमा समेटेको नेपालीको अवाज डटकमलाई जानकारी दिए ।
गितमा बिक्रम क्षेत्रीको शब्द, बिमल अधिकारीको निर्देशन, शरेस श्रेष्ठको छायाकंन तथा नवि घर्तीमगको सम्पादन रहेको छ ।