चितवन । जेसीज महाधिवेशनमा रत्ननगर अाएका काभ्रे जेसीजका उपाध्यक्ष कृष्ण कुमार मानन्धर मृत फेला परेका छन् । नेपाल जेसिजको ४६ औं महाधिवेशन रत्ननगरमा पुष ९ गते देखि १२ गते सम्म भएकाे थियो । जसमा देशभरका करिब १५० वटा क्लबबाट अाएका २५०० भन्दा बढि जेसीज प्रतिनिधिहरुकाे उपस्थिति रहेकाे थियाे । साेही कार्यक्रममा सहभागी हुन अाएका काभ्रे जेसिजका कार्यकारिणी उपाध्यक्ष मानन्धरको शव आइतबार बेलुका रत्ननगर वडा नं १ र ९ काे सिमामा रहेकाे नहर छेउमा रहेकाे ईनारमा भेटिएको हाे ।

स्थानीयले दिएकाे जानकारी अनुसार ईनारकाे ढकनीकाे केही भाग उघारीएकाेले घटना सुनुयाेजित हुनसक्ने बताएका छन् ।
उता ईलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भावेष रिमालले उक्त स्थानमा प्रहरी पुगिसकेको र अनुसन्धान भइरहेकाे जनाउदै परिवार अाएपछि अझ थप रहस्य खुल्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया