चितवन । चितवन हात्ती महोत्सबको ५ औं दिन आज महिला वीच भलिबल प्रतियोगिता र हात्तीपोलो खेल संगै चर्चित लोक गायीका मञ्जु पौडेल र माेडल अञ्जली अधिकारीकाे बिशेष प्रस्तुती रहने भएको छ ।
पौष १० गते देखि शुरु भइ १८ गते सम्म जारी रहने १६ औं चितवन हात्ती महोत्सब सौराहामा भैरहेको छ । जस अन्तर्गत हरेका दिन हात्तीका बिभिन्न रमाईला खेलसंगै राष्ट्रिय तथा स्थानिय कलाकारको पनि प्रस्तुति रहदै आएको छ । आज महोत्सव अन्तर्गत महिला वीच भलिबल प्रतियोगिता र पहिलो चरणको हात्तीपोलो खेल हुने क्षेत्रीय होटल संघ चितवन, सौराहाका अध्यक्ष दिपक भट्टराईले जानकारी दिए ।

हात्ती महोत्सबको अर्को आकर्षण  सांस्कृतीक कार्यक्रममा पनि आज नेपाली लोक क्षेत्रमा चर्चीत गायीका मञ्जु पौडेलको प्रस्तुती रहने कार्यक्रमका सांस्कृतीक संयोजक प्रकाश चन्द्र भट्टराईले जानकारी दिए ।

यसका अतिरिक्त थप आकर्षणहरु ;चर्चित डान्स डाईरेक्टर: शिब बि .क .चर्चित मोडल तथा डान्सर अञ्जली अधिकारी,
चर्चित हास्यकलाकार फुलन्देको आमा साथमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल चितवन शाखाका कलाकारहरु र रत्ननगर कला मन्दिरका कलाकारहरुको बेजोड प्रस्तुति समेत रहने संयोजक भट्टराईले बताए ।

कार्यक्रमका सह-संयाेजक लाे गायक मिलन लामाले हरेक दिन हात्तीको खेल संगै दर्शकलाई मनोरञ्जन पनि दिने सोचका राखेर राष्ट्रिय तथा स्थानिय कलाकारको साथमा विविध सांस्कृतिक कार्यक्रम हुने गरेको बताए ।

 

तपाईको प्रतिक्रिया