चितवन – भरतपुरको चौबिसकोठीमा काटेर फालिएको मानव हात फेला परेको छ । चौबिसकोठीमा रहेको पुष्पाञ्जली हस्पिटल नजिकै कम्पाउण्ड गरिएको जग्गामा काटेर फालिएको मानव हात फेला परेको हो ।
आज (सोमबार) मध्यान्ह दुई बालकहरुले दिशा गर्न जाने क्रममा काटेर फालिएको हात देखेपछी प्रहरीलाई खबर गरेका थिए ।
फेला परेको उक्त हात हेर्दा युवतीको जस्तो देखिएकाे छ । जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी प्रवक्ता डिएसपी एक नारायण कोइरालाले अनुसन्धान भईरहेकोले थप विवरण आउन बाँकी रहेको जानकारी दिए ।