महेश पाण्डे/ध्रुवराज लामिछाने
चितवन । राष्ट्रिय जनगणना २०७८ को तयारी तीव्र पारिएको छ । हरेक १०–१० वर्षको अन्र्तरालमा हुने जनगणनाको तयारीमा तथ्यांक कार्यालय चितवन पनि लागेको छ । यसपालीको जनगणनाको नारा “मेरो गणना, मेरो सहभागिता” रहेको तथ्याकं कार्यालय भरतपुरका प्रमुख यज्ञ मुर्ती भण्डारीले नेपालीको आवाज डटकमलाई जानकारी दिए । सोमबार तथ्यांक कार्यालय चितवनको आयोजनामा पूर्वी चितवनको खैरहनीमा राष्ट्रिय जनगणना २०७८ को तयारीको सन्र्दभमा जिल्ला स्तरीय अन्तर्क्रिया गोष्ठीको आयोजना गरिएको थियो ।
सो कार्यक्रममा सबैलाई स्वागत गर्दै भण्डारीले अब २०७८ मा हुने १२ औं जनगणना ७७ वटै जिल्लामा सुरु हुन लागेको बताउदै २ वर्ष अघि देखिनै तयारी थालिने भएकाले आगामी जनगणनाको लागि सुझाव तथा पैरवी लिने काम स्वरुप सो कार्यक्रमको आयोजना गरिएको बताए । यसपालीको जनगणना प्रविधिमैत्री हुने बताउदै भण्डारीले नेपालमा पनि इन्टरनेटको पहुच धेरै ठाउँमा भैसकेको कारणले गर्दा इन्टरनेटको पहुच हुने क्षेत्रमा ट्याबलेटको माध्यमबाट पनि गणना हुने बताए । उनले तथ्यांक कार्यालय चितवनले साविक नवलपरासीका दुई जिल्ला र चितवन जिल्लालाई हेर्ने भएकाले साविक नवलपारासीका दुई जिल्लामा सुझाव लिने कार्यक्रम सम्पन्न भैसकेको बताए ।
भण्डारीले आगामी जनगणना २०५८ मा गरिएको गणना भन्दा फरक रहेको बताउदै केन्द्रिय तथ्यांक कार्यालयको वेभसाइटबाट पनि घरमै बसेर पनि आफ्ना जानकारीहरु दिन मिल्ने जानकारी दिए । उनले अबको जनगणनामामा मोडिफाइड डिजुरे बिधिको प्रयोग गरिने बताए बताउदै जनगणना भएको ९ महिना भित्रमानै सबै तथ्यांक बाहिर आउने जानकारी दिए । उनले जनगणना २०७८ लगत्तै २०७८/०७९ मा कृषि गणना पनि हुने जानकारी दिए । उनले कार्यक्रममा उपस्थित चितवनका बिभिन्न स्थानिय तहका प्रमुख, सरोकारवाला निकायलाई आगामी २०७८ मा हुने जनगणनाको लागि गरिने कार्यहरुको बारेमा जानकारी दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख कृष्ण कुमार डल्लाकोटीले पहिलाको जनगणना कुनै एउटा घरमा बसेर धेरै ठाउँको गणना खालको भएकोमा यसपाली भने तथ्यमा आधारित गणना हुनेमा आफु बिश्वस्त रहेको बताए । उनले आगामी जनगणनामा जाती, जनजाती, देशमा भएका र बाहिर गएका सबैको गणना हुने भएकाले गणना सकिए पश्चात देशकै सचित्र एैना बाहिर आउने बताए । उनले यसपालीको गणना प्रविधि मैत्री हुने भएकोमा खुसी पनि ब्यक्त गरे ।
कार्यक्रमका सभाअध्यक्ष तथा चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले सो कार्यक्रम छोटो छलफल खालको देखिएतापनि उपस्थित सबैको सुझावले आगामी जनगणना सफल बनाउन सहज हुने बताए । उनले जनगणनाबाट आउने तथ्याकंलाइनै बिश्वले मान्यता दिने निकै महत्वपूर्ण रहेको बताए । भट्टराईले राष्ट्रिय गानमा सयौं थुंगा फुलका हामी भनेजस्तै आगामी जनगणनाले सबैलाई समेट्ने जानकारी दिदै यो निकै जटील कार्यपनि भएको जिकिर गरे ।
कार्यक्रममा उपस्थित रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनले रत्ननगर नगरपालिकाले ट्याबलेटको प्रयोग गरेर आफ्नो क्षेत्रमा गरेको केहि बिषयगत गणना गरेकोमा इरर आएकाले त्यसमा बिशेष ध्यान दिन आग्रह पनि गरे ।
२०७८ को तथ्यांक संकलनपछि गरिबीका दरहरु, मानव विकास सूचांकका सूचकहरु, बहुआयायिमक गरिबी सूचांक, रोजगारी तथा बेरोजगारी दरहरु, कुपोषण, गर्भ्निरोधको साधन प्रयोग दर, प्रतिव्यक्ति आय, विभिन्न आर्थिक, सामाजिक तथा वातावरण सम्बधी सूचकहरु जानकारी लिन सकिने छ ।
सो कार्यक्रममा रत्ननगर नगरपालिकाकी उप प्रमुख बिमलाा देवी दवाडी, खैरहनी नगरपालिका उपप्रमुख सुनिता थपलीया लगायत पूर्वी चितवनका राप्ती, रत्ननगर, खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरु, वडाध्यक्षहरु, प्राध्यापक, पत्रकारहरुको उपस्थिती रहेको थियो ।