चितवन- चितवनको पर्यटकीय गन्तव्य सौराहामा अंग्रेजी नयाँ वर्ष २०२० को पूर्वसन्ध्यामा पर्यटक भरिभराउ भएका छन् ।
सौराहामा रहेका ११५ होटल आन्तरिक पर्यटकले भरिएको क्षेत्रीय होटल संघ चितवन, सौराहाका अध्यक्ष दीपक भट्टराई जानकारी दिए ।
सौराहामा सुविधायुक्त ११५ होटलमा दैनिक आठ हजार पर्यटक राख्न सकिने क्षमता रहेको संघले जनाएको छ । अंग्रेजी नयाँ वर्ष मनाउन आएका पर्यटक राति १२ बजेसम्म सौराहामा विभिन्न सांगीतिक कार्यक्रमसँगै रमाइलोमा रमाउने गरेका छन् ।

यही पुस १० गतेदेखि सुरु भएको चितवन हात्ती महोत्सवदेखि नै सौराहामा पर्यटकको चहलपहल बढेको छ ।
नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० को पनि धुमधामका साथ तयारी भइरहेको छ । यसपटक पर्यटन वर्षको कारण महोत्सवको समय चार दिन बढी थप गरिएको छ ।
पुस १६ गते जनवरी १ का दिन प्रदेश ३ सरकारले आफ्नो प्रदेशका साँस्कृतिक झाँकी प्रर्दशन गर्ने तयारी गरिएको छ । प्रदेश ३ का १३ जिल्लाको साँस्कृतिक झाँकी प्रस्तुति गरिने साँस्कृतिक समितिका संयोजक प्रकाशचन्द्र भट्टराई जानकारी दिए ।
जनावरी १ मा साँस्कृतिक झाँकी प्रस्तुत गरिए पनि जनावरी ३ पुस १८ गते १६ औँ चितवन हात्ती महोत्सवको समापनको दिन प्रदेश नं को औपचारिक रुपमा सौराहाबाट भ्रमण वर्ष २०२० को एक समारोहबीच शुभारम्भ गरिने संघका वरिष्ठ उपाध्यक्ष एवं हात्ती महोत्सवका संयोजक राममणि खनालले बताए ।

तपाईको प्रतिक्रिया