-ध्रुवराज लामिछाने
चितवन- आगामी माघ दोस्रो सातादेखि चितवनको भरतपुरमा पहिलोपटक घरजग्गा तथा सजावट एवम् फर्निचरसँग सम्बन्धित अन्तर्राष्ट्रियस्तरका दुईवटा एक्स्पो आयोजना हुने भएका छन् ।
भरतपुर महानगर १० स्थित चितवन प्रदर्शनीस्थलमा माघ ८ देखि ११ गतेसम्म नेपाल ल्याण्ड, हाउजिङ एण्ड कन्स्ट्रक्सन एक्स्पोसँगै फर्निचर एण्ड होम डेकोर एक्स्पो आयोजना हुने भएको हो ।
एएस इभेन्ट एण्ड मार्केटिङ प्रालि र इभेन्ट सोलुसन प्रालिको संयुक्त आयोजनामा दुवै मेलाको आयोजना हुन लागेको हो । पछिल्लो समय आधुनिक शैलीमा घर तथा आवासीय भवनको निर्माण तीव्र बन्दै गएको परिप्रेक्ष्यमा चितवन प्रदर्शनीस्थलमा मेला आयोजना गर्न लागिएको हो ।
घरजग्गा तथा निर्माण मेलामा आधुनिक शैलीका गुणस्तरीय निर्माण सामग्री र प्रविधि आकर्षण बन्ने एएस इभेन्ट एण्ड मार्केटिङ प्रालिका प्रबन्ध निर्देशक अनिल श्रेष्ठले जानकारी दिए ।
उनले जगदेखि निर्माणपछिको अन्तिम सजावटसम्मका सबै सामग्री र त्यसको प्रविधिका बारेमा सर्वसाधारण, व्यवसायी र सम्बद्ध पक्षलाई जानकारी गराउन एउटै छानामुनि दुईवटा मेला आयोजना गर्न लागिएको बताए ।
फर्निचर तथा सजावट मेलाको टाइटल स्पोन्सरमा जेम फ्लोरिङ रहेको छ भने हाइटेक्स कार्पेटले मुख्य प्रायोजन गर्नेछ ।
त्यसैगरी दुवै मेलालाई उद्योग परिसंघ र चितवन उद्योग संघले प्रवद्र्धन गर्नेछन् । रेष्ट्रोलोजी, अधिकारी क्रियटिभ कन्सर्न र ब्रिज एजुकेसन फाउन्डेसनले दुवै मेलालाई सपोर्ट गर्नेछन् ।
विलासिताबाट अपरिहार्य बन्दै गएको फर्निचर तथा सजावटका उत्पादनलाई पनि एकैपटक मेलामा आकर्षणका रुपमा समावेश गरिएको अर्को आयोजक संस्था इभेन्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए ।
चार दिनसम्म चल्ने मेलाको २० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा राखिएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया