-ध्रुवराज लामिछाने
चितवन- भ्रमण वर्ष २०२० जनवरी १ को सुरुवातसँगै रेवान सौराहाले सौराहामा आएका पाहुनाहरुलाई आतिथ्यता प्रदान गर्दै एकदिने सडक फूड फेस्टिवल गर्ने भएको छ ।
रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले नेपालीको आवाज डटकमलाई दिएको जानकारीअनुसार पर्यटकहरुलाई अझै आकर्षण थप्न र उनीहरुको बसाइ रंगीन बनाउन फूड फेस्टिवल आयोजना गरिएको बताए ।
‘सडकमै खाऊँ, सडकमै रमाऊँ’भन्ने नारालाई आत्मसात् गर्दै सो कार्यक्रम गरिएको खतिवडाले बताए ।
पर्यटकीय नगरी सौराहालाई लक्षित गरी प्रदेश नं ३ सरकारले नेपाल भ्रमण वर्षको औपचारिक कार्यक्रम सौराहाबाटै सुरुवात गर्न लागेकोले सो कार्यक्रमलाई सघाउ पुग्ने उद्देश्यले रेवानले फूड फेस्टिवल आयोजना गर्न लागेको उनले बताए ।
अंग्रेजी नयाँ वर्षको सुरुवातसँगै सौराहाका होटलहरु आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ भएका छन् ।
सौराहा आएका पर्यटकको बसाइलाई स्मरणयोग्य बनाउन र उनीहरुबाट सकारात्मक सन्देश प्रवाहित होस् भन्ने हेतुले रेवान सौराहा सक्रियरुपमा लागिपरेको अध्यक्ष खतिवडाको भनाइ छ ।

तपाईको प्रतिक्रिया