सुस्मिता सापकोटा
१५ पौष, चितवन । पूर्वी चितवको खैरहनी स्थित ग्रेट एफ.एम.१०६ दशमलव ४ मेगाहर्जमा मंगलबारदेखि रेडियो उद्घोषण तालिम सुरु भएको छ । कलापाठशााला मिडिया प्रा.लिद्धारा सञ्चालित ग्रेट एफ.एम.१०६ दशमलव ४ र ग्रेट प्लस एफ एम ८८ पोइन्ट ५ मेगाहर्जको संयुक्त आयोजनामा सो तालिम सञ्चालन गरिएको हो ।

व्यक्तित्व विकास तथा क्षमता अभिबृदि गर्न सहयोग पुग्ने उद्देश्यले तालिमको आयोजना गरिएको एफ.एम.का अध्यक्ष रामेशवर रिजालले जानकारी दिनुभयो । अध्यक्ष रिजालका अनुसार सो तालिमले हरेक व्यक्तिमा लुकेर रहेको प्रतिभालाइ उजागर गर्नुका साथै निर्धक्क भएर बोल्न सक्ने क्षमताको विकास हुने अपेक्षा गरिएको छ ।

एफ.एमका सचिव नारायण प्रसाद न्यौपानेले सञ्चालन गर्नुभएको सो कार्यक्रममा नेपालीको आवाज डटकमका प्रमुख महेश पाण्डेले प्रशिक्षण दिनुभएको थियो ।

प्रशिक्षणका क्रममा उहाँले आफ्ना अनुभव र तालिमको उद्देश्य अनुरुप विषय प्रवेश गरी तालिममा सहभागिहरुलाई थप हौसला प्रदान गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा नेपालीको आवाज डटकमका निर्देशक ध्रव लामिछानेले यस्ता तालिमहरुले मानिसहरुलाई आत्मनिर्भर हुन थप हौसला मिल्ने बताउनुभयो । एफ.एमका अध्यक्ष रामेशवर रिजालको अध्यक्षतामा भएको कार्यक्रममा सचिव नारायण प्रसाद न्यौपाने, प्रशिक्षक महेश पाण्डे, धुव्र लामिछाने, कार्यक्रम संयोजक अस्मिता ज्ञवाली लगायतले बोल्नुभएको थियो । ७ दिन सम्म सञ्चालन हुने तालिममा दुई दर्जन प्रशिक्षर्थिको सहभागीता रहेको छ ।

तपाईको प्रतिक्रिया