चितवन- पूर्वी चितवनको रत्ननगर १ स्थित सौराहाचोकमा रहेको बसपार्कमा पूर्वाधार निर्माणका लागि बिहीबार शिलान्यास गरिएको छ ।
प्रदेश सरकार र रत्ननगर नगरपालिकाको संयुक्त लगानीमा निर्माण हुने व्यावसायिक भवनको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले उद्घाटन गरेका हुन् ।
भवन निर्माण समितिका संयोजक हरिकुमार श्रेष्ठले निर्माण हुने दुई तल्लाको व्यावसायिक भवनमा सूचना केन्द्र, टिकट काउन्टर, प्रतीक्षालय, पानीको फोहोरा, ग्रीनपार्क, फुटपाथलगायत व्यावसायिक मार्ट सञ्चालन हुनेछ ।
सो व्यावसायिक भवन निर्माणका लागि बागमती प्रदेश सरकारले ९५ लाख र रत्ननगर नगरपालिकाको ९५ लाख रुपैयाँ लगानी हुने नगरप्रमुख वनले जानकारी दिए । उनले यसबाहेक नगरपालिकाले संरक्षण गरेको सार्वजनिक जग्गामा विकासका पूर्वाधारहरु निर्माण गर्न सुरु गरिएको बताए ।

कार्यक्रममा नगरपालिकाकी उपप्रमुख विमला दुवाडी, रत्ननगर २ का वडाध्यक्ष तिकलराज शर्मा, नेकपा रत्ननगरका अध्यक्ष कुलप्रसाद लामिछाने, नेपाली कांग्रेसका नगर सभापति रुपनराज घिमिरेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सार्वजनिक स्थलमा नगरपालिकाको अपनत्व रहने गरी निर्माण गरिन लागेको व्यावसायिक भवनको समयमै निर्माण सम्पन्न हुनुपर्नेमा वक्ताहरुको जोड थियो ।

तपाईको प्रतिक्रिया