अजित अधिकारी
चितवन- चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत देउराली र कसराको बीच भागमा सर्ट भएको विद्युत लाइन मर्मतको काम आज साँझसम्म जारी रहेको थियो ।
गत माघ १३ गते राति विद्युत् सेवा अवरुद्ध भएपछि प्राधिकरण टोली निरन्तर मर्मत कार्यमा लागिरहेको थियो ।
प्राधिकरण टोलीले हिजो साँझसम्ममा विद्य्त् सेवा सुचारु गर्ने भनिए साँझ ६ बजेबाट करिब ८ बजेसम्म सुचारु भई फेरि पूर्ण समस्या देखिएका कारण माडीमा विद्युत सेवा अवरुद्ध भएको थियो ।
उक्त विद्युत् सुचारु गराउन निकुञ्जभित्र फल्ट एलोकेसन र केबुल रिपेयरको काम सुरु गरिएको हो । विद्युत केवल मर्मतको काम सकिएसँगै आज साँझदेखि माडीमा विद्युत सेवा सुचारु भएको नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्रका प्रमुख शिशिर लम्सालले नेपालीको आवाज डटकमलाई जानकारी दिए ।

तपाईको प्रतिक्रिया