चितवन- नेपाल रेडक्रस सोसाइटी उपशाखा बछौलीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।
विदेशी नागरिक रोबर्ट डन्कनले प्रदान गरेको १० हजार युरो तथा रत्ननगर वडा नम्बर ६ र बाघमारा मध्यवर्ती सामुदायिक वनको आर्थिक सहयोगमा एम्बुलेन्स खरिद गरिएको उपशाखा बछौलीका कोषाध्यक्ष दिपेन्द्र श्रेष्ठले बताए ।
नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति ज्ञानशाली न्यौपाने र मन्त्री हरि पौडेलले उपशाखाका सभापति सुवास विडारी, निवर्तमान सभापति राममणि खनाललाई बिहीबार एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।
एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा रत्ननगर ६ का वडाध्यक्ष बलराम दाहाल, सदस्य किरण महतो, केशरी सुनवारसहित उपशाखाका कार्यसमिति सदस्यहरुको सहभागिता रहेको थियो । बछौलीमा एम्बुलेन्स हस्तान्तरण गरिएपछि सो क्षेत्रका नागरिकलाई बिरामी हुँदा अस्पतालसम्म पुग्न सहज भएको छ ।

तपाईको प्रतिक्रिया