चितवन- माडी नगरपालिका ३ बसन्तपुरस्थित माडी माध्यमिक विद्यालयको सभाहलमा युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले सीपमूलक तालिम सुरु भएको छ ।
व्यावसायिक तथा सीप विकास तालिम केन्द्र हेटौँडा तथा बाबा सेक्युरिटी एण्ड वर्कस् कम्पनी प्रालि भरतपुरको संयुक्त आयोजना र माडी नगरपालिका वडा नं ३ को सहयोगमा संचालित निःशुल्क ३२ दिने सुरक्षा गार्ड विषयक सीमुलक तालिम आयोजना गरिएको हो ।
उक्त सो उदघाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा माडी नगरपालिकाकी उपप्रमुख ताराकुमारी काजी महतो रहेकी थिइन । विशिष्ट अतिथिमा माडी प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँबर, जिल्ला समन्वय समिति सदस्य सीता पुन, बाबा सेक्युरिटीका अध्यक्ष पशुराम ढुङ्गाना रहेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य माडी नगरपालिकाकी उपप्रमुख ताराकुमारी काजी महतोले गरेकी थिइन । माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँबरले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा माडी नगरपालिका वडा नं ६ का वडाध्यक्ष भरतबहादुर गुरुङ, माडी पर्यटन विकास समितिका अध्यक्ष एवं माडी नगरपालिकाका वडा नं ३ का वडाध्यक्ष पुरन महतो, नेकपाका जिल्ला सदस्य एवं समाजसेवी कमल रामदामलगायतका माडीका विभिन्न पार्टीका प्रतिनिधिहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।

तालिममा प्रशिक्षकको रूपमा नेपाल प्रहरी हेड कस्टेकर टीकाराम महतो ३२ दिनसम्म रहनेछन् । आजको सो कार्यक्रममा १८ जना प्रशिक्षार्थीहरु सहभागी रहेका थिए ।

उक्त कार्यक्रमको सहजीकरण सामाजिक अभियन्ता दिव्या शर्मा आचार्यले गरेकी थिइन । उद्घाटन कार्यक्रमको समापन माडी पर्यटन विकास समितिका अध्यक्ष एवं वडा नं ३ का वडाध्यक्ष पुरन महतोले गरेका थिए ।

तपाईको प्रतिक्रिया