रत्ननगर । सौराहामा जारी हात्ती महोत्सव अन्तर्गत मंगलवार भएको हात्ती पोलोको दोश्रो सेमिफाइनल खेलमा रत्ननगर नगरपालिकाले सानदार जित निकालेको छ । जितसंगै रत्ननगर नगरपालिका हात्ती पोलोको फाइनलमा प्रवेश गरेको हो । पूर्वी चितवनकै राप्ती नगरपालिकालाई २ का विरुद्ध ५ गोलले पछि पार्दै रत्ननगर फाइनलमा प्रवेश गरेको हो । रत्ननगरलाई जिताउन विनोद चौधरीले पाँच गोल गरेका थिए ।
राप्ती नगरपालिकाका लागि चन्द्रमान तामाङले दुई गोल गरे । रत्ननगरले पहिलो हाफमै पाँच गोल र राप्तीले एक मात्र गोल गरेका थिए । दोश्रो हाफमा राप्तीको टिमले एक मात्र गोल गरे । रत्ननगर नगरपालिकाका मेयर नारायण वन,उपमेयर विमला दुवाडी र राप्ती नगरपालिकाकी मेयर प्रभा बरालले खेलको अबलोकन गरेका थिए । गाडा सजावट प्रतियोगितामा डिम्बर महतोको गाडा प्रथम,हरिराम महतोको गाडा द्धितीय र गान्धी महतोको गाडा तृतीय भएका थिए ।

सौराहामा पर्यटकलाई थारु बस्ती अबलोकनको लागि गाडाको प्रयोग हुदै आएको छ । गाडाप्रति पर्यटकको आर्कषण बढाउन गाडा सवावट प्रतियोगिता गरिएको हो । महोत्सव अन्तर्गत महिला विज भलिबल प्रयोगिताको फाइनल खेल समेत भएको छ । चितवनको पर्यटन प्रर्वधनको लागि क्षेत्रीय होटल संघ चितवनले महोत्सवको आयोजना गरेको हो । महोत्सव अन्तर्गत हात्ती फाष्टवाक,हात्ती सुन्दरी,हात्ती पेन्टिङ,हात्ती वनभोज लगाएताका कार्यक्रम भइरहेका छन । बुधवारबाट सरकारले घोषणा गरेको भ्रमण बर्ष र अंग्रेजी नयाँ बर्ष सुरु हुदैछ ।
भ्रमण बर्षको अबसर पारेर प्रदेश सरकार,रत्ननगर नगरपालिका र सौराहाका व्यवसायीहरुले सयुक्त रुपमा विशेष कार्यक्रम गर्दै छन । हावाइमार्गबाट चितवन आउने पर्यटकलाई भरतपुर विमानस्थल र स्थालमार्गबाट आउने पर्यटकलाई सौराहामा रहेको बसपार्कमा स्वागत गर्ने कार्यक्रम तय गरिएको रत्ननगरका मेयर नारायण वनले बताए । बुधवार नै प्रदेश नं ३ अन्तर्गतका विभिन्न जातजातीका सांस्कृतिक नृत्य सौराहामा प्रस्तुत हुदैछ । सौराहामा बेलुका ४ बजे देखि राती ९ बजे सम्म सडककै रमाउने कार्यक्रम गरिने मेयर वनले बताए ।
हामी भव्य रुपमा पर्यटन बर्षको स्वागत गर्दैै छौं मेयर वनले भने सुरुवात राम्रो गरियो भने बर्ष भरि नै राम्रो हुनेछ । बुधवार नै रेष्टुरेष्ट एण्ड वार एसोसियसन सौराहाले हात्तीचोक देखि राप्ती किनार सम्म सडकमै फुड फेष्टिवल गर्ने अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया