काठमाडौँ- भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै मोबाइल एप रिचार्जरले ‘रिचार्जर बिगसेल २०२०’ को घोषणा गरेको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको उपस्थितिमा रिचार्जर बिग सेल २०२० को घोषणा गरिएको हो ।
कार्यक्रममा मन्त्री भट्टराईले भ्रमण वर्षलाई सफल बनाउन डिजिटल प्लेटफर्म तथा ई कमर्श प्लेटफर्मको ठुलो भुमिका हुने बताए । उनले रिचार्जरले मात्र भ्रमण वर्ष सचिवालयसँग भएको सम्झौताअनुसार ठूलो संख्यामा पर्यटकहरु भित्र्याउनेमा आफू आशावादी रहेको बताएका थिए ।
भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्धेश्यले आगामी जनवरी २० तारिखका दिन नेपालकै ठुलो ई कमर्स प्लेटफर्मका रुपमा स्थापित रिचार्जरले विभिन्न किसिमका भ्रमण प्याकेज सहित बिग सेल मेला सञ्चालन गर्ने भएको हो । भ्रमण वर्ष २०२० को अफिसियल इकमर्श प्लेटपर्मसमेत रहेको रिचार्जरले बिग सेलमा आकर्षक छुटमा वस्तु तथा सेवा उपलब्ध गराउने छ ।
स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गर्दै ‘रिचार्जर बिग सेल २०२० को तयारी अन्तिम चरणमा पुगेको ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले जानकारी दिए । उनका अनुसार रिचार्जरले स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गर्दै २ हजार २० रुपैंयादेखि २ लाख रुपैंयासम्ममा आकर्षक भ्रमण प्याकेजहरु उपलब्ध गराउने छ । जनवरी ५ तारिखका दिनदेखि रिचार्जर एप डाउनलोड गरी खाता सञ्चालन गर्नेहरुलाई विभिन्न किसिमका उपहारहरुसमेत वितरण गरिने ग्लाइडरले बताए ।
विश्वभरी रहेका स्वदेशी तथा विदेशी पर्यटकले भ्रमण वर्षको अफर अन्तरगत रिचार्जर बिग सेल २०२० मा सहभागिता जनाउन सक्ने छन् । रिचार्जरका विदेशी प्रयोगकर्ताहरुले रिचार्जरबाट जनवरी १० तारिखदेखि २४ सै घन्टा छूटसहित फूड सर्भिस पाउने ग्लाइडरले जानकारी दिए ।
विश्व बजारमा नेपाली उत्पादन पुर्याउनका लागि पर्यटकलाई लक्षित गर्दै विभिन्न किसिमका अफरहरु बिगसेलमा समावेश गरिनेछ । बिग सेलका दिन एक हजार भन्दा बढी उत्पादन तथा सेवाहरुमा ७० प्रतिशतसम्मको छुट उपलब्ध गराइने ग्लाइडरले जानकारी दिए । बिग सेलका दिन सीमित सेवा तथा उत्पादनहरु २०२० रुपैंयामा उपलब्ध गराइने उनको भनाइ छ ।
कार्यक्रममा एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई रिचार्जरले उपलब्ध गराएको ५२ हजार २० रुपैयाँको चेक हस्तान्तरण गर्दै पर्यटनमन्त्री योगेश भट्टराईले आफ्नो तर्फबाट पनि ५० हजार रुपैंया थप सहयोग गर्ने घोषणा गरेका थिए ।
विभिन्न बैंकहरुसँगको सहकार्यमा रिचार्जरमा शून्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा ग्याजेट, ईलेक्ट्रोनिक्स, टुर प्याकेज, फर्निचरलगायतका घरायसी उपयोगका सामानहरु पनि किन्न सकिन्छ ।
अहिले डाउनलोड गर्नुस्, समय र पैसाको बचत गर्नुस् भन्ने नारासहित रिचार्जरले दैनिक प्रयोगमा आउने सेवाहरु एकैस्थानमा उपलब्ध गराउँदै आएको रिचार्जरका प्रमुख कार्यकारी अधिकृत विशाल आचार्यले जानकारी दिए ।
रिचार्जरले जतिको मोबाइल रिचार्ज गर्यो त्यत्ति नै क्यास प्वाइन्ट दिँदै आएको छ भने अन्य वस्तु तथा सेवाको खरिदमा २० प्रतिशत क्यास प्वाइन्ट दिँदै आएको छ । यसरी प्राप्त हुने क्यास प्वाइन्टलाई रिचार्जर बाट सामान खरिद गर्दा छुटका रुपमा प्रयोग गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया