अजित अधिकारी
चितवन । माडीमा नेपाल भ्रमण बर्ष २०२० को भब्य स्वागत गरिएको छ । माडीको बसन्तपुर बजारको खुल्ला मञ्च एबम खुल्ला खेल मैदानको प्राङ्गणमा बुधबार माडी नगरपालिकाको आयोजनामा “सम्पदा सम्पन्न माडी नगर इको कृषि पर्यटनको सहार“ भन्ने मुल नाराका साथ नेपाल भ्रमण बर्ष २०२० को बुधबार एक कार्यक्रमका बिच भब्य शुभारम्भ गरिएको छ ।
माडी बिकासका रुपमा केही पछाडि परेतापनि धार्मिक एतिहासिक स्थलका रूपमा भने अगाडि देखिन्छ । माडीमा रहेका विभिन्न धार्मिक ऐतिहासिक स्थलको महत्व र यसको आबश्यकता लगाएतका बिबिधमुलक विषयकमा नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरि माडीको पर्यटन बिकास र कृषि पर्याबरणको बिकासको लागि र माडीमा रहेका विभिन्न धर्म सस्कृती र जातजातिको भेषभुषा रितिरिवाज र रहनसहनको बिकास र प्रतिभाको खोजीका लागि र पर्यटन बर्ष २०२० मा आन्तरिक तथा बाहय पर्यटकहरुलाइ माडी भित्र्याउन र यहाँका धार्मिक सम्पदाहरुको खोजी र अध्यन एबम अबलोकन गर्न र पर्यटन बर्ष २०२० लाई सभ्य र भब्य गराउनको लागि माडी नगरपालिकाले बुधवार सो कार्यक्रम आयोजना गरेको हो ।
उक्त कार्यक्रममा माडीमा रहेका माडीमा रहेका विभिन्न होटल ब्यबसायी संघ, सुनचाँदी ब्यबसायी संघ, विभिन्न व्यापार ब्यबसायी संघ, लगाएतका विभिन्न संघसस्था एबम शिक्षण सस्थाहरु लगाएतका प्रतिनिधिहरुको कार्यक्रममा सहभागीता रहेको थियो । कार्यक्रममा सबैले आ आफ्नो धर्म सस्कृति र रितिरिवाजको संरक्षण र सम्बर्द्धन एबम जगेर्ना गर्नुपर्ने र नेपाली पोशाकको छुट्टै महत्त्व र पहिचान रहेकाले कार्यक्रममा सहभागीहरुले नेपालीको पोशाक सस्कृती र रितिरिवाजको प्रशंसा समेत गरेका थिए ।
कार्यक्रममा माडी नगरपालिकाका नगर प्रमुख ठाकुर प्रसाद ढकाल प्रमुख अतिथिका रुपमा रहेका थिए । नगर प्रमुख ठाकुर प्रसाद ढकालले माडी क्षेत्रमा रहेका सबै मानिसहरुको आ आफ्नै धर्म सस्कृती र भेषभुषा रहेकाले सबैको सम्मान गर्नुपर्ने बताए का थिए । कार्यक्रममा विभिन्न जातजातिको धर्म सस्कृती रितिरिवाज र भेषभुषा झल्कने गरि नृत्य प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा माडी नगरपालिकाकी उप प्रमुख ताराकुमारी काजी महतो नेकपा माडीका अध्यक्ष समेत रहेका प्रभु प्रसाद महतो लगाएतका नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि बिगुवा शाह कानु आदिवासी जनजाती महासङ्घ माडीका अध्यक्ष रामेश्वर महतो उधोग बाणिज्य संघ माडीका अध्यक्ष रेशमलाल आचार्य माडी नगरपालिकाका सुचना प्रबिधि अधिकृत प्रबिन भण्डारी माडी पर्यटन बिकास समितिका अध्यक्ष एबम माडी ३ नम्बर वडाका वडा अध्यक्ष पुरन महतो सामाजिक अभियन्ता श्री प्रसाद दवाडी लागाएतका माडीका विभिन्न पाटी प्रतिनिधि एबम विभिन्न सरोकारवाला निकायका प्रतिनिधि र सञ्चारकर्मीहरुको कार्यक्रममा सहभागीता रहेको थियो ।
माडी नगरपालिकाको आयोजनामा गरिएको कार्यक्रममा ब्यानरमा नेपाल भ्रमण बर्ष २०२० भब्यताका साथ सफल पारौं पर्यटकिय नगरी माडीमा पाल्नुहुने पर्यटकहरुलाइ हार्दिक स्वागत छ भनी लेखिएको थियो । उक्त कार्यक्रममा नेपाल भ्रमण बर्ष २०२० का अबसरमा कार्यक्रममा बोल्ने सहभागीहरुले एकपटक स्वदेश तथा बिदेशी पर्यटकहरुलाइ माडी आउन र घुम्न आग्रह गरेका थिए । माडी पर्यटकिय सम्भावनाको रुपमा रहेकाले यसको अझ धेरै प्रचार प्रसार गर्नुपर्ने कार्यक्रममा सहभागीहरुले बताएका थिए । कार्यक्रमको सहजीकरण माडी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कंडेलले गरेका थिए । सो कार्यक्रममा माडी आएका पर्यटकहरुलाइ फुल माला र अबिरले सम्मान तथा स्वागत गरिएको थियो ।