चितवन । पूर्वी चितवनको म्याङ्गो हलमा पुष २१ गते नया वर्ष रमझम सांझ २०२० सांस्कृतिक कार्यक्रम हुने भएको छ । एम.एस.मिडिया एण्ड एड्भट्राइजिङ्ग प्रा.लिद्धारा सञ्चालित नेपालीको आवाज डटकम तथा म्याङ्गो जनज्योती सिनेमा हलको संयुक्त आयोजनामा पुष २१ गते सांझ पर्सामा नया वर्ष रमझम सांझ २०२० सांस्कृतिक कार्यक्रम हुन लागेको म्याङ्गो जनज्योती सिनेमा हलका अध्यक्ष सिव उप्रेतीले जानकारी दिए ।

उनले संस्थाले सामाजिक उत्तरदायित्वको कार्य अन्र्तगत धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न लागेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई पनि केहि सहयोग गर्न सकियोस भनेर कार्यक्रमको आयोजना गरिएको बताए ।

कार्यक्रमका संयोजक नारायण श्रेष्ठले कार्यक्रममा राष्ट्रिय कलाकारहरु लोक गायक मिलन लामा, हास्य कलाकारद्धय सुबोध गौतम (युदुमे), शुरज भिरखोइरे, लोक गायीका मुना अर्याल लगाएतका कलाकारको प्रस्तुति रहने जानकारी दिए । उनले कार्यक्रमको लागि मुख्य प्रायोजक नेपालको कफी नेप्स कफी, टिकट सौजन्यः बजाज कम्पनिको पर्साको लागि आधिकारीक बिक्रेता आशीर्वाद अटो मोबाईल प्रा.लि, प्रायोजकहरु क्रमशः भिम कृष्ण ट्रेडिङ हाउस, डिजिटल आल्मुनियम एण्ड स्टिल फिटर, सांग्रीला एजुकेशन कन्सलटेन्सी, न्यु प्रभु म्याग्दी सुनचाँदी पसल, डेकोर वोल्ड, माउन्टेन ड्रप, लगाएतका रहेको बताए ।

हलका सञ्चालक केशव अर्यालले कार्यक्रमको लागि तयारी अन्तिम चरणमा पुगेको बताउदै अहिले ब्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन लागि परेको बताए । उनले त्यसको लागि टिकट, ब्यानर र प्रचार प्रसारालाई ब्यापक पारिएको बताउदै हल भित्र हुने कार्यक्रम भएकाले कायक्र्रम निकै रमाउलो हुने बिश्वास लिएको बताए ।

अर्यालले पूर्वी चितवनको पर्सामा पहिलो र एकमात्र डिजिटल प्रविधि सहितको हल खुलेको र सो हलमा यस्ता कार्यक्रम पनि गर्न मिल्छ भन्ने जानकारी पनि सबैलाई होस भनेर कार्यक्रमको आयोजना गरेको बताए ।
नेपालीको आवाज डटकमका कार्यकारी निर्देशक ध्रुवराज लामिछानेले अनलाईनले पत्रकारीता मात्र नभएर सामाजिक सेवामा पनि हात हाल्नु पर्ने बताउदै कार्यक्रमको आयोजना गर्न लागिएको बताए ।

उनले कार्यक्रमको उद्देश्य नाफा कमाउने भन्दा पनि देशकै गौरवको आयोजना गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग गर्न पाउनु खुसीको कुरा भएको बताउदै सबैलाई कार्यक्रममा उपस्थित हुन आग्रह पनि गरे ।

तपाईको प्रतिक्रिया