चितवन । एम.एस.मिडिया एण्ड एड्भट्राइजिङ्ग प्रा.लिद्धारा सञ्चालित नेपालीको आवाज डटकमको कार्यकारी निर्देशकमा धु्रवराज लामिछाने नियुक्त भएका छन् । बिगत १० वर्ष देखि मिडिया क्षेत्रमा दख्खल भएका लामिछाने मंगलबारबाट यस नेपालीको आवाज डटकमको कार्यकारी निर्देशक पदमा नियुक्त भएका हुन ।

रत्ननगर–१, बकुलहर, चितवनमा स्थायी घर रहेका लामिछानेले यस अघि बिभिन्न रेडियो टेलिभिजनमा स्टेशन ईन्चार्ज तथा बजार शाखा प्रमुख भएर काम गरि सकेका छन् ।
यसैबिच अब चितवन र यस आसपासका समाचार, बिज्ञापन वा नेपालीको आवाज डटकमसंग सम्बन्धित जानकारीहरु लामिछानेको नेतृत्वमा रहेको टिमले गर्नेछ । त्यसका लागि प्रत्यक्ष मोबाईल नं. ९८५५०४३४४४, ९८४३६९७६१६ वा ईमेल [email protected] मा खबर गर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया