चितवन- नेपाल ह्याचरी उद्योग संघ प्रदेश नम्बर ३ को अध्यक्षमा चितवनका पोल्ट्री व्यवसायी ज्ञानबहादुर विसुराल चयन भएका छन् ।
चितवनमा शुक्रबार आयोजित प्रदेश ३ का पोल्ट्री व्यवसायीहरुको भेलाले विसुराललाई सर्वसम्मत संघको अध्यक्षमा चयन गरेको हो ।
१३ सदस्यीय नयाँ कार्यसमिति उपाध्यक्षमा परशुराम अधिकारी ,सचिवमा मनोज रानाभाट र कोषाध्यक्षमा शिवराज उप्रेती चयन भएका छन् । यस्तै, सदस्यहरुमा पुरु खनाल, घनश्याम पौडेल, हरिकृष्ण खनाल, दिपेश श्रेष्ठ, सुनिल ढकाल, सञ्जिव ढकाल, अनुज जिसी, ओमप्रकाश कार्की, विजय देशार सर्वसम्मत रुपमा चयन भएका हुन् ।

संघका नवनिर्वाचित प्रदेश अध्यक्षलगायत पदाधिकारी र कार्यसमितिका सदस्यहरुलाई साधारण सभाका प्रमुख अतिथि नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले प्रमाणपत्र प्रदान गरेका थिए ।
संघका नवनिर्वाचित प्रदेश अध्यक्षलगायत पदाधिकारी र कार्यसमितिका सदस्यहरुलाई साधारण सभाका प्रमुख अतिथि नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा नेपाल पोल्ट्री महासंघका अध्यक्ष विष्ट, विशिष्ट अतिथिद्वय नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेल, नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष ऋषिराम पौडेल, उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष चिरञ्जीवी सुवेदी, चितवन च्याम्बर अफ कमर्शका उपाध्यक्ष गोपाल भट्टराई, रत्ननगर उद्योग वाणिज्य संघका महासचिव निराजन खनाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

साधारण सभामा संघका चितवन शाखा सचिव मनोज रानाभाटले प्रगति प्रतिवेदन र कोषाध्यक्ष शिवराज उप्रेतीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । नेपाल ह्याचरी उद्योग संघको विधानले अबदेखि संघका जिल्ला शाखाहरु नरहने व्यवस्था गरेको छ ।

तपाईको प्रतिक्रिया