
-अजित अधिकारी
माडी, चितवन- माडी नगरपालिका वडा नम्बर ६ स्थित लक्ष्मीनिवासमा रहेको नमुना छात्राबासमा रहेका बाबुआमाविहीन अनाथ, विपन्न एवम् असहाय बालबालिकाहरुलाई एक कार्यक्रमकाबीच चिसोबाट बचाउनका लागि न्यानो कपडा वितरण गरिएको छ ।
वान स्टेप फाउन्डेसन भरतपुरले माडीको नमुना छात्राबासका विपन्न बालबालिकालाई मोजा, टोपी र न्यानो कपडा सामग्री तथा विद्यालय पोसाक सहयोग गरेको हो ।
वान स्टेप फाउन्डेसनले गरेको उक्त सहयोग कार्यक्रममा प्रमुख अतिथिको रुपमा माडी नगरपालिकाकी उपप्रमुख ताराकुमारी काजी महतोले उक्त सहयोग हस्तान्तरण गर्दै गरिब बिपन्न बालबालिकाको क्षमता विकास र प्रतिभाको कदर गर्न र गरिब, विपन्न बालबालिकाहरुलाइ शिक्षा क्षेत्रमा प्रोत्साहन आवश्यक रहेको जिकिर गरिन् ।
उनल् बिपन्न बालबालिकाहरुको शैक्षिक गुणस्तरमा सुधार र विकास गराउनु परिहार्य आवश्यकता रहेको बताउँदै गरिब, विपन्न बालबालिकाहरुको लागि वान स्टेप फाउन्डेसनले गरेको सहयोग सराहनीय रहेको बताइन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाकी अध्यक्ष ममता पाण्डे र फाउन्डेसनका अन्य पदाधिकारीहरुले नमुना छात्राबासका बालबालिकाहरुलार्इ न्यानो कपडा, मोजा, टोपी र विद्यालय पोसाक सहयोग हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा माडी नगरपालिकाका शिक्षा शाखा प्रमुख पुष्पराज ढकाल, वडा नम्बर ६ का वडाध्यक्ष भरतबहादुर गुरुङ, समाजसेवी एवम् सामाजिक अभियन्ता श्रीप्रसाद दवाडीलगायत विभिन्न पार्टी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
ःबजभकज
ःबजभकज