चितवन- रत्ननगर नगरपालिका ९ मोहनामा रहेको मिलिजुली सहयोगी समूहको आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिविरको शनिबार रत्ननगर ९ का वडाध्यक्ष रोशन आचार्यले शुभारम्भ गरेका हुन् । उनले स्वास्थ्य संस्थाको पहुँचबाट टाढा रहेका नागरिकले शिविरबाट सहजरुपमा स्वास्थ्य परीक्षण गराउन पाउने हुँदा यस्ता कार्यलाई वडाको सधैँ सहयोग र साथ रहने बताए ।

शिविरमा १५५ जनाले स्वास्थ्य परीक्षण गराएको समूहका सचिव धनञ्जय शर्माले बताए ।

शिविरमा नमस्ते कामना पोलिक्लिनिक बकुलहरका डा ललन साहले बिरामीको परीक्षण गरेका थिए भने शोभा भगवती प्याथोलोजी ल्याबको प्राविधिक सहयोग रहेको थियो ।

कार्यक्रम समूहका अध्यक्ष विष्णु शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया