
चितवन- चितवन उद्योग संघको अध्यक्षमा राजु पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । संघको २८औैँ वार्षिक साधारण सभा तथा १५औँ अधिवेशनले वरिष्ठ उपाध्यक्ष रहेका पौडेललाई सर्वसम्मत अध्यक्ष पदमा चयन गरेको हो ।
संघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था छ । यस्तै ६ जना उपाध्यक्ष र १० जना खुल्ला सदस्य, एकरएक जना एसोसिएट्स, बस्तुगत, गोल्डेनरप्रिमियम सदस्य, ५ जना इकाइ सदस्य, महिला उद्यमी र युवा उद्यमीबाट एकरएक सदस्य गरी २७ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।
संघको ६ जना उपाध्यक्षहरुमा त्रिलोचन कँडेल, सूर्यप्रसाद न्यौपाने, मदन घिमिरे, दुर्गाप्रसाद भण्डारी, गजेन्द्र अधिकारी र युगराज वस्ती सर्वसम्मत चयन भएका छन् ।
संघको नवनिर्वाचित कार्यसमितिले दुई सदस्य मनोनित गर्नेछ भने निवर्तमान अध्यक्ष र कार्यकारी निर्देशक पदेन सदस्य रहने व्यवस्था रहेको छ । त्यससँगै संघको २९ सदस्यीय कार्यसमिति चयन गरिने छ ।
संघको वार्षिकोत्सवका अवसरका कार्यक्रमका प्रमुख अतिथि सांसद् एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपाल पत्रकार महासंघ चितवन शाखा, औद्योगिक सुरक्षा गुल्म र सक्रिय महिला उद्यमी कल्पना आचार्यलाई नगदसहित सम्मानित गरेका थिए ।