भक्तपुर- चाँगुनारायण नगरपालिका–१ दुवाकोटस्थित चाँगुनारायण इञ्जिनयिरिङ कलेजबाट दुवाकोटतर्फ आउँदै गरेको बा१ख ९०९० नं को बस अनियन्त्रित भई सडक छेउमा खसेर दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका– ६ घर भई हाल दुवाकोट बस्ने ३० वर्षको भीमबहादुर योञ्जन (तामाङ) रहेको जिल्ला महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए ।

दुर्घटनामा बसका यात्रु उदयपुर सोरङ नगरपालिका– ४ बस्ने ३४ वर्षीय चित्रबहादुर थापा घाइते भएको र उनको दुवाकोटस्थित काठमाडौँ मेडिकल कलेजमा उपचारका लागि लगिएको जनाइएको छ ।
घाइते चित्रबहादुर थापा उपचारपछि घर फर्किएको प्रहरी उपरीक्षक प्रधानले बताए । बसका चालक बेदाबहादुर चौलागाईं, सहचालक भीमबहादुर तामाङलाई नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया