काठमाडौँ । विकास निर्माणको काम गराउने सरकारी निकायमा चर्को आर्थिक लेनदेन हुन्छ भन्ने तथ्य घामजस्तै छ ।
पैसा नखुवाइ कुनै काम नै हुँदैन भन्ने जनगुनासो व्याप्त रहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकासे निकायकैरुपमा रहेको सडक डिभिजन कार्यालय लाहान, सिराहाका इञ्जिनियरसहितका कर्मचारी पक्राउ गरेको छ ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार सो कार्यालयका प्रमुख विनोद साह सेवाग्राहीसँग रु तीन लाख घूस लिँदालिँदै पक्राउ परेको छन् ।

इञ्जिनियर नवीनकुमार साह र सवइञ्जिनियर वीरेन्द्रकुमार साहलाई रु १५ लाख ९६ हजार घूससहित पक्राउ गरेको छ ।

कुनौली सडक आयोजना निर्माणको अन्तिम बिल भुक्तानी लिने क्रममा विभिन्न बहाना बनाई घूस मागेको भन्ने सूचनाका आधारमा आयोगको बर्दीवासबाट गएको टोलीले उनीहरुलाई घूससहित पक्राउ गरेको हो ।

आयोगले उनीहरुलाई कार्यालय परिसरबाट शुक्रबार पक्राउ गरेको भए पनि अनुसन्धानपछि आज सार्वजनिक गरेको हो ।

तपाईको प्रतिक्रिया