अष्ट्रेलिया- अष्ट्रेलियाको सिड्नीमा शुक्रबार दुई नेपाली युवाको समुद्रमा डुबेर मृत्यु भएको छ । क्याम्पिङका लागि स्थानीय बरोअरा नेसनल पार्कमा शुक्रबार राति ७ः३० बजे आपतकालीन सेवा बोलाइएको थियो ।
तत्कालै घटनास्थलमा पुगेका उद्धारकर्मीले एक जना व्यक्तिलाई सास फेर्न अप्ठेरो भएको अवस्थामा उद्धार गरी हेलिकोप्टरमार्फत् अस्पताल लगेका थिए । उद्धार गरिएका व्यक्ति प्रदीप पाण्डे भएको बताइएको छ । अर्कोतर्फ, हराइरहेका दुईजनाको खोजी जारी राखेका उद्धारकर्मीले राति ११ः३० बजेमात्र उनीहरुको शव भेट्न सफल भएका थिए ।

दिउँसोदेखि नै क्याम्पिङमा गएका उनीहरु साँझ परेपछि समुद्रको पानीमा पौडी खेल्नका लागि छिरेका थिए । त्यसपछि दलदलमा भासिएका कारण उनीहरु माथि उत्रन सकेनन् । प्रहरीले दुईजनाको शव पोष्टमार्टमका लागि अस्पताल पठाएको छ ।
मृतकका एक आफन्तले दिएको जानकारीअनुसार मृत्यु हुनेमा चितवनका विशाल सेढाईं र धादिङका रोशन छत्कुली छन् । उनीहरु क्रमशः २६ र २३ वर्ष उमेरका थिए । सेढाईं पेसाले इन्जिनियर हुन् । अष्ट्रेलियाको अध्ययन सकिएपछि उनी एक वर्षदेखि आफ्नो पेसामा कार्यरत थिए । (एजेन्सी)

तपाईको प्रतिक्रिया