
चितवन- रत्ननगर नगरपालिका वडा नं ९ स्थित बेलटाँडीकी ७६ वर्षीया ठगिया थरुनीको वन मौरीको टोकाइका कारण मृत्यु भएको छ ।
आइतबार बेलुकी ४ बजेको समयमा आफ्नै घरमा बसिरहेको अवस्थामा एक्कासि वन मौरीको हुल आएर टोकेपछि सिकिस्त भएकी थरुनीलाई उपचारार्थ कलेज अफ मेडिकल कलेज (सीएमसी) लगिएकोमा उपचारको क्रममा ४ : ४० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ ।
मौरीको टोकाइबाट सिकिस्त भएको भन्ने सूचनालगत्तै इलाका प्रहरी कार्यालय टाँडीबाट दुई किमि पश्चिममा रहेको थरुनीको निवासमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा प्रहरी टोली पुगेको थियो ।
थरुनीलाई तत्कालै अस्पताल लगिए पनि उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।