हेटौँडा- प्रहरीले हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीबाट २१ किलो लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले मकवानपुरको मनहरी गाउँपालिका–९ का ४० वर्षीय राजकुमार मोक्तान र धनुषाको मुखियापट्टी गाउँपालिका–६ का ४२ वर्षीय अशोककुमार यादवलाई उक्त परिणामको गाँजासहित पक्राउ गरेको हो ।

उनीहरुलाई प्रहरी नायब निरीक्षक राजेशकुमार यादवको कमाण्डमा खटिएको टोलीले गाँजा र बीआर ०६ बीजी ९५१२ नम्बरको भारतीय कारसहित पक्राउ गरेको जनाइएको छ ।

गए राति मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको उक्त कार जाँच गर्ने क्रममा लुकाइछिपाइ राखेको पाँच प्याकेटमा गाँजा फेला परेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक सशीलसिंह राठौरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया