चितवन- उद्योग वाणिज्य संघ चितवनको आगामी पुस २८ र २९ गते हुन गइरहेको ५३औँ साधारण सभा तथा अधिवेशनका सन्दर्भमा संघको विधिविधान र प्रचलित लोकतान्त्रिक मूल्यको अनुसरण नगरी गोलाप्रथाबाट नेतृत्व चयनका लागि उम्मेदवार छनोट गरिएको समाचारप्रति नेपाली कांग्रेस चितवनले आपत्ति प्रकट गरेको छ ।
कांग्रेस जिल्ला समापति जीतनारायण श्रेष्ठले नेतृत्व चयनको विषयवस्तु जे जसरी प्रचारमा आएको छ, त्यसको ध्यानाकर्षण भएको भन्दै समग्र उद्योगी तथा व्यवसायीको छाता संगठनको रुपमा रहेको उवासंघ चितवनमा दलगत हस्तक्षेप र नेतृत्व चयनमा पारिएको प्रभावले समग्र उद्योगी व्यवसायीको हितमा काम गर्न सक्दैन भन्ने ठहर गरेको जनाएका छन् ।
उनले विज्ञप्तिमा लोकतान्त्रिक विधि र पद्धतिलाई अनुसरण गरी समग्र उद्योगी व्यवसायीको हकहितमा रक्षा गर्न तदनुरुपको नेतृत्व चयनका लागि सबै पक्षसँग अपिल गरेका छन् ।