चितवन । पूर्वी चितवनको म्याङ्गो हलमा आज (सोमबार) हुने नया वर्ष रमझम सांझ २०२० सांस्कृतिक कार्यक्रमको तयारी पुरा भएको छ । एम.एस.मिडिया एण्ड एड्भट्राइजिङ्ग प्रा.लिद्धारा सञ्चालित नेपालीको आवाज डटकम तथा म्याङ्गो जनज्योती सिनेमा हलको संयुक्त आयोजनामा आज सांझ ५ बजेबाट पर्सामा रहेको म्याङ्गोहल भित्र नया वर्ष रमझम सांझ २०२० हुन लागेकोमा कार्यक्रमको सबै तयारी पुरा भएकको सिनेमा हलका अध्यक्ष सिव उप्रेतीले जानकारी दिए । उनले संस्थाले सामाजिक उत्तरदायित्वको कार्य अन्र्तगत धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न लागेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई पनि केहि सहयोग गर्न सकियोस भनेर कार्यक्रमको आयोजना गरिएको बताउदै मिले सम्म हरेक ३/३ महिनामा यस्ता सामाजिक उत्तर दायीत्वका कार्यक्रमहरु गर्दै जाने बताए ।
कार्यक्रमका संयोजक नारायण श्रेष्ठले कार्यक्रममा राष्ट्रिय कलाकारहरु लोक गायक मिलन लामा, हास्य कलाकारद्धय सुबोध गौतम (युदुमे), शुरज भिरखोइरे, लोक गायीका मुना अर्याल लगाएतका कलाकारको प्रस्तुति रहने जानकारी दिए ।
उनले कार्यक्रमको लागि मुख्य प्रायोजक नेपालको कफी नेप्स कफी, टिकट सौजन्यः बजाज कम्पनिको पर्साको लागि आधिकारीक बिक्रेता आशीर्वाद अटो मोबाईल प्रा.लि, प्रायोजकहरु क्रमशः भिम कृष्ण ट्रेडिङ हाउस, डिजिटल आल्मुनियम एण्ड स्टिल फिटर, सांग्रीला एजुकेशन कन्सलटेन्सी, न्यु प्रभु म्याग्दी सुनचाँदी पसल, डेकोर वोल्ड, माउन्टेन ड्रप, फोर्वस कलेज, वाईएसी साउण्ड सिस्टम लगाएतका रहेको बताए ।
हलका सञ्चालक केशव अर्यालले कार्यक्रमको लागि तयारी पुरा भइसकेको जानकारी दिदै आज सांझ ५ बजे देखि लगभग ९ बजेसम्म कार्यक्रम सञ्चालन हुने बताए । उनले कार्यक्रमलाई उत्कृष्ट ब्यवस्थापन गर्न र चुस्त दुरुस्त बनाउन लागि परेको जिकिर गरे ।
उनले कार्यक्रमको लागि टिकट, ब्यानर र प्रचार प्रसारालाई ब्यापक पारिएको बताउदै हल भित्र हुने कार्यक्रम भएकाले कायक्र्रम निकै रमाउलो हुने आफु आशावादी रहेको बताए । अर्यालले पूर्वी चितवनको पर्सामा पहिलो र एकमात्र डिजिटल प्रविधि सहितको हल खुलेको र सो हलमा यस्ता कार्यक्रम पनि गर्न मिल्छ भन्ने जानकारी दिन पनि कार्यक्रमको आयोजना गरेको बताए ।
नेपालीको आवाज डटकमका अध्यक्ष महेश पाण्डेले कार्यक्रमको लागि सबै कालाकारहरु चितवन आईसकेको जानकारी दिदै लोकदोहोरीमा नाच्ने देखि हास्ने र हसाउने सबै काम आजको कार्यक्रमका रहने बताए । उनले चितवमा मेला महोत्सब ज्यादा हुने गरेको बताउदै हल भित्र पनि चिसो होस या तातो मौसम जस्तो भएपनि एसीमा बसेर खाजा र खानाको मज्जा लिदै कार्यक्रम हेर्न र रमाउन पाइन्छ भन्ने जानकारी दिन पनि कार्यक्रमको आयोजना गरिएको बताए ।
नेपालीको आवाज डटकमका कार्यकारी निर्देशक ध्रुवराज लामिछानेले अनलाईनले पत्रकारीता मात्र नभएर सामाजिक सेवामा पनि हात हाल्नु पर्ने बताउदै कार्यक्रमको आयोजना गर्न लागिएको बताए । उनले कार्यक्रमको उद्देश्य नाफा कमाउने भन्दा पनि देशकै गौरवको आयोजना गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग गर्न पाउनु खुसीको कुरा भएको बताउदै सबैलाई कार्यक्रममा उपस्थित हुन आग्रह पनि गरे ।
धुर्मुस सुन्तली फाउण्डेसनद्धारा निर्माण हुन लागेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रड्डशालाको सहयोगार्थनेपालीको आवाज डटकम तथा म्याङ्गो जन ज्योति सिनेमा हल संयुक्त रुपमा प्रस्तुत गर्दछNew Year बिशेष रमझम सांझ २०२०लोक गायकः मिलन लामाहास्य कलाकारः सुवोध गौतम (यदुमे)हास्य कलाकारः शुरज वाग्ले (भिरखोइरे)लोक गायीकाः मुना अर्यालमितिः पौष २१ गते सांझ ५ बजेस्थानः म्याङ्गो जन ज्योति सिनेमा हलखैरहनी–८, पर्सा, चितवनManaged BY: MS Media and Advertising Pvt. Ltd.Mobile: 9843697616, 9855062924For More Detail: www.nepalikoaawaj.com
Gepostet von Nepalikoaawaj.com-नेपालीको आवाज अनलाईन पत्रिका am Samstag, 4. Januar 2020