चितवन । रत्ननगरमा गएराति भएको सवारी दुर्घटनामा परि एक युवाको मृत्यु भएको छ । गएराति करिब ११ः१० बजेको समयमा रत्ननगर वडा नं. ४ देबैली स्थित भित्री सडक खण्डमा आफ्नै साईडमा रोकी रहेको ना५ख ६४४५ नं. को मिनी ट्रकमा सौराहाबाट टाँडी तर्फ आउदै गरेको ना३८प ८३२८ नं. मोटरसाइकल पछाडी बाट ठक्कर खाँदा मोटरसाइकल चालक सोहि स्थानका बर्ष ३० का अजय चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

दुर्घटनामा सिरियस घाईते भएका ति युवाको उपचारको लागी जिल्ला सरकारी अस्पताल भरतपुर ल्याईएकोमा उपचारको क्रममा राति ११ः३५ बजेनै मृत्यु भएको थियो । अहिले दुबै सवारी साधन र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया