इरान- युक्रेनको एउटा यायुवाहक विमान बुधबार बिहान इरानको राजधानी तेहरानमा दुर्घटनामा परेको छ ।
तेहरानको इमाम खोमेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेलगत्तै बोइङ ७३७ विमान दुर्घटनामा परेको हो ।

सो विमानमा १८० जना व्यक्ति सवार रहेको बताइएको छ । विमान युक्रेनको राजधानी किभका लागि उडेको थियो ।

दुर्घटनाको यकिन कारण खुल्न सकेको छैन । इरानी समाचार एजेन्सी ‘फार्स’ले भने प्राविधिक समस्याका कारण विमान दुर्घटना भएको जनाएको छ ।

दुर्घटनास्थलमा उद्धार टोली खटाइएको छ । यात्रुहरुको अवस्थाबारे केही सार्वजनिक भएको छैन । एजेन्सी

तपाईको प्रतिक्रिया