चितवन- हेटौँडा उपमहानगरपालिकाले धुर्मुस–सुन्तली फाउन्डेसनद्वारा भरतपुर १५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि हेटौँडा उपमहानगरपालिकाले ३० लाख रुपैयाँ सहयोग गरेको छ ।
मंगलबार उपमहानगरका मेयर हरिबहादुर महतले एक कार्यक्रमका बीच फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ लाई ३० लाख रुपैयाँको चेक सहयोग हस्तान्तरण गरेका हुन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले तीनै तहको सरकारमध्ये औपचारिकरुपमा सहयोग गर्ने पहिलो स्थानीय सरकार भएको बताए ।

उनले आश्वासनअनुसार सहयोग प्राप्त नभएको अवस्थामा सरकारी निकायबाट पहिलो सहयोगका रुपमा हेटौँडा उपमहानगरपालिकाबाट रकम प्राप्त भएकोमा खुसी प्रकट गर्दै आफूमा थप ऊर्जा र प्रोत्साहन मिलेको बताए ।

तपाईको प्रतिक्रिया