
चितवन- पूर्वी चितवनको राप्ती नगरपालिका ६ हर्दीस्थित ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
टाँडीबाट लोथरतर्फ जाँदै गरेको प्रदेश नं ३–०२–००५ नम्बरको मोटरसाइकललाई सोही दिशामा जाँदै गरेको ना ७ ख ४६६० नम्बरको ट्यांकरले पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भई नयाँ मेडिकल कलेजमा लगिएकोमा गोरखा जिल्ला भीमसेन गाउँपालिका ४ का ३५ वर्षका इन्द्र तामाङको उपचारका क्रममा मृत्यु भएको हो ।
सो दुर्घटनामा गोरखा जिल्ला भीमसेन गाउँपालिका ४ का वर्ष २४ का सुगम तामाङको उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ ।
इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले घटनास्थलबाट तत्काल उपचारका लागि अस्पताल पठाई ट्यांकर, माटरसाइकल तथा ट्यांकरका चालक इप्रका भण्डाराको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।