महेश पाण्डे
पोखरा । अब अन्नपुर्ण बेस क्याम्प सम्मको यात्रा अल्टिच्युड हेलिकप्टरबाट झनै सहज हुने भएको छ । पोखराबाट हेलिकप्टरमा यस अघि देखि नै अन्य हेलिकप्टर कम्पनिले अन्नपुर्ण बेस क्यम्पको यात्रा गरिरहेकोमा अल्टिच्युड हेलिकप्टरको अहिले २ वटा हेलिकप्टरनै पोखरामा आएपछि झनै सहज हुने देखिएको हो ।
समय हुनेहरुको लागि पद मार्ग उपयुक्त भएपनि समय अभाव हुनेहरुको लागि भने १ घण्टाको समय भित्र अन्नपुर्ण बेस क्याम्प पुगेर आउन सकिने भएका कारण निकै सहज भएको पोखरामा नर्थ नेपाल नामक ट्रेकिङ्ग ब्यवसायी गरेर बसेका पर्यटन ब्यवसायी मोहन भण्डारीले नेपालीको आवाज डटकमलाई जानकारी दिए । उनले मानिसहरु स्वर्गको बयान गरि रहदा स्वर्गीय अनुभवको लागि भने अन्नपुर्ण बेस क्याप्प सम्मको यात्रा निकै उत्कृष्ट बिकल्प रहेकोले एक पटक त्यहा पुग्नै पर्ने जिकिर गरे ।

खासगरि अन्नपूर्ण हिमश्रृंखला सहितको उच्च भौगोलिक दृश्यहरुका लागि अन्नपूर्ण बेसक्याम्प पुग्नुपर्ने हुन्छ । तह–तह मिलेका धानका खेतहरु मनमोहक लालिगुँरासको जंगललहरु र अन्नपूर्ण हिमश्रृंखलाले अन्नपूर्ण बेस क्याम्प लोकप्रिय ट्रेकिङ गन्तव्यको रुपमा रहेको छ । बिशेषत पर्यटकहरुले एबिसी ट्रेकिङ वर्षभरि नै गर्ने सो क्षेत्रमा ट्रेकमा गएमा ५ देखि ११ दिन सम्म लाग्ने गर्छ तर सो कुरा ट्रेकिङ गर्नेहरुको हिड्न सक्ने क्षमतामा भर पर्ने गर्दछ । तर हेलिकप्टरमा जानेहरुको लागि भने करिब १ घण्टामा सो ठाँउमा पुगेर आउन सकिने भएपछि पोखराबाट ट्रेकिङमा बेस क्याम्प जान नसक्नेकालागि भने यो एउटा बरदाननै साबीत भएको छ ।
पोखरामा चाईनिज नया वर्षको सुरुवात हुने देखिए संगै पर्यटक र पर्यटन ब्यवसायीलाई पनि केहि सहज र केहि सस्तो दरमा बेस क्याम्प सम्मको यात्रा होस भनेर हेलिकप्टर पोखरा आएको पोखरामा अल्टिच्युड हेलिकप्टरको बजार शाखामा कार्यरत प्रकाश बस्ताकोटीले जानकारी दिए । उनले अहिले अल्टिच्युड हेलिकप्टरको २ वटा जहाजनै पोखरामा रहेकाले अन्नपुर्ण बेस क्याम्प मात्र नभै सो क्षेत्रबाट मुक्तिनाथ, लोमङ्गथान, मनाङ्ग, ढोर पाटन, आकस्मिक उद्धारका लागि ९८४६८२५४१४ वा ९८५११६३४२५ मा सम्पर्क गर्न आग्रह पनि गरे ।

तपाईको प्रतिक्रिया