चितवन- पूर्वी चितवनको कालिका नगरपालिका–२ पदमपुरस्थित प्रकाश क्लिनिकमा एकदिने निःशुल्क मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल र थाइराइडसम्बन्धी क्याम्प सम्पन्न भएको छ ।
शिविरमा करिब २०० जना बिरामीलाई निःशुल्करुपमा रगत परीक्षण गर्नुका साथै निःशुल्क औषधि वितरण गरिएको क्लिनिकका सञ्चालक तथा स्वास्थकर्मी प्रकाशचन्द्र रिजालले बताए ।

कार्यक्रममा इन्टास फर्मास्युटिकल र भेनस प्याथ ल्याबको प्राविधिक संयोजन रहेको स्वास्थ सहायक मदन अधिकारीले बताए । क्लिनिकले निःशुःक शिविर सञ्चालन गरेपछि सेवाग्राही लक्ष्मण गुरौले आफ्नो घरआँगनमै चिकित्सकीय सेवा पाउँदा निकै खुसी लागेको बताए ।

आफ्नो सामाजिक उत्तरदायित्व र स्वास्थ्य सेवालाई आगामी दिनमा पनि निरन्तरता दिँदै जाने डा सन्तोष शर्मा भुसालले प्रतिबद्धता जनाएका छन् ।

तपाईको प्रतिक्रिया