चितवन- रत्ननगर १ निपनीमा रहेको लाइसियम इन्टरनेसनल मोडल स्कुलले कक्षा ६ देखि ९ सम्मका छात्राहरुलाई आत्मरक्षासम्बन्धी प्रशिक्षण दिएको छ ।
दुईदिने प्रशिक्षणको पहिलो दिन छात्राहरुलाई करातेका विभिन्न कला तथा जुडोका कलाहरुबारे सिकाइएको थियो । कसरी आफू
सतर्क रहने र कसैले प्रहार गरेमा वा समातेमा कसरी फुत्किने र कसरी परास्त गर्ने भन्ने सम्बन्धमा कराते प्रशिक्षक कुमार श्रेष्ठले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा आत्मरक्षाको आवश्यकताबारे प्रकाश पार्दै विद्यालयका प्रबन्ध निर्देशक सन्तोष पन्तले समाजमा महिला तथा बालबालिकाहरु असुरक्षित रहेको र जुनसुकै समयमा समेत हिंसाको सिकार बन्न सक्ने सम्भावनालाई मध्यनजर गरी विद्यालयमा अध्ययनरत छोरीहरुको मनोबल उच्च बनाउँदै सुरक्षित बनाउनका लागि प्रशिक्षण दिइएको र आगामी दिनमा यसलाई निरन्तरता दिँदै जाने बताए ।

प्रशिक्षणमा सहभागी बालिकाहरुले जीवनोपयोगी शिक्षा सिक्न पाएकोमा खुसी व्यक्त गर्दै उत्साहित भई सहभागिता जनाएका थिए । विद्यालयले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उनीहरुको भनाइ थियो ।

तपाईको प्रतिक्रिया