
जाजरकोट । नलगाड नगरपालिका वडा नं ७ स्थित इलाका प्रहरी कार्यालय दल्लीमा कार्यरत प्रहरी हबल्दार भोजबहादुर कठायतको मृत्यु भएको छ ।
बाजुरा जिल्ला घर भई चार महिनादेखि सो कार्यालयमा कार्यरत ३५ वर्षीय कठायतले आफैँलाई कन्चटमा गोली हान्दा आज बिहान मृत्यु भएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।
उनले घटनाका बारेमा छानबिन गर्न टोली परिचालन भएको बताए ।