चितवन । माडीमा बिपद प्रतिकार्य सम्बन्धि दुई दिने तालिम आइतबारबाट सुरु भएको छ । माडी नगरपालिका कार्यालयको सभाहलमा नेपाली सेना श्री काली बहादुर गण र चितवन जिल्लाका स्थानीय निकाय संगको समन्वयमा आयोजना गरिएको बिपद जोखिम ब्यबस्थापन सम्बन्धि बिपद प्रतिकार्य सम्बन्धि तालिम आइतबारबाट सुरु भएको हो । सो तालिम दुई दिन सम्म चल्नेछ ।
भइपरी रुपमा आउन सक्ने दैबी प्रकोप बिपद जोखिम ब्यबस्थापन बिषयकमा बचाउका उपायहरु बारे सामुदायिक बिपद प्रतिकार्य तालिम आयोजना गरिएको हो । बिपद के हो ? र यसबाट बच्न र बचाउका उपायका बिषयकमा उक्त कार्यक्रममा प्रशिक्षकको रुपमा युनिट श्री नम्बर २ बिपद ब्यबस्थापनगण रसौली चितवनमा कार्यरत जम्दार नृप बहादुर रोकाया र श्री काली बहादुर गण भरतपुरका सहायक सेनानी चेत बहादुर खत्री तथा उक्त गणका खोबिन्द बहादुर गुरुङ लगायतका श्री नम्बर २ बिपद ब्यबस्थापनगण रसौली चितवनका ७ जनाले कार्यक्रममा बिपद ब्यबस्थापन सम्बन्धि सामुदायिक बिपद प्रतिक्रिया तालिम दिनेछन ।
तालिममा दैबी प्रकोप बिपदको रुपमा भुकम्प, बाढीपहिरो, हिमपात, चट्याङ, डढेलो, आगलागी लगाएतका बिषयकमा बचाउका उपायहरुमा छलफल गरिनुका साथै प्रयोगात्मक ज्ञान र सिकाइ गराइने छ । सो कार्यक्रममा माडीमा रहेका विभिन्न संङ्घ सस्था एंबम प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।