चितवन- डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १९औँ स्थापना दिवसको अवसरमा भरतपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यालयका निमित्त प्रमुख कार्यकारी अधिकृत हेमन्तकुमार काफ्लेको अध्यक्षता एवम् भरतपुर महानगर १० का वडाध्यक्ष अरुण पीडित भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मुख्य प्रबन्धक हरिप्रसाद आचार्यले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

बुद्धिराज घिमिरेले सञ्चालन गरेको कार्यक्रममा पाँच महिलासहित ३३ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा संस्थाको केन्द्रीय कार्यालयका कर्मचारी, चितवन र नवलपरासी शाखाका कर्मचारी, विभिन्न टोलसुधार समिति, संघसंस्थाका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

संस्थाको स्थापना दिवसको अवसर पारेर २०७५ सालको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने कर्मचारीका दुई÷दुई जना छोराछोरीलाई नगदसहित प्रशंसापत्रद्वारा सम्मान गरिएको संस्थाका कर्मचारी दीपक पराजुलीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया