चितवन- चितवनको गरिमा र गौरवमय प्रस्तुतिका रुपमा पुस २५ गतेदेखि टिकौली चौरमा जारी दसौँ संस्करणको रत्ननगर महोत्सवमा आइतबार विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएका छन् ।
महोत्सवमा हाँस्य कलाकार मनोज गजुरेलले प्रहसनमार्फत् दर्शकहरुलाई भरपूर मनोरञ्जन प्रदान गरे । उनले विभिन्न व्यक्तिहरुको नक्कल गर्दै दर्शकदीर्घालाई मनोरञ्जन दिएका थिए ।

त्यस्तै महोत्सवमा जादुगर बलराम सरकारले समेत आफ्नो जादु देखाएर दर्शकलाई मोहित पारेका थिए । महोत्सवको सांस्कृतिक कार्यक्रमअन्तर्गत आइतबार राष्ट्रिय कलाकार भुवन प्यासी, सुनिता अधिकारीलगायतको प्रस्तुति रहेको थियो ।

महोत्सवमा आइतबार नै स्थानीय कलाकारहरु अजय लामा, सुमन सिलवाल, नारायणी सिङ्गिङ आइडल विजेता लक्ष्मण चापागाईं, रत्ननगर कला केन्द्रको प्रस्तुति रहेको सांस्कृतिक कार्यक्रम सहसंयोजक राजेन्द्र हमालले जानकारी दिए ।

महोत्सवमा सोमबार राष्ट्रिय लोकदोहोरी गायक कुलेन्द्र विकसहितका कलाकारहरुको प्रस्तुति रहने हमालको भनाइ छ । त्यस्तै अन्डर ग्राउण्ड डान्स एकेडेमीसहित स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने हमालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया