चितवन- रत्ननगरको गरिमा र गौरवमय प्रस्तुतिका रुपमा पुस २५ गतेदेखि सुरु भएर आगामी माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवमा आइतबार पनि दर्शकको सहभागिता उत्साहजनक रुपमा भएको आयोजक रत्ननगर उद्योग वाणिज्य संघले जनाएको छ ।
महोत्सव अवलोकनका लागि पुगेका दर्शकहरु विशेष गरी सांस्कृतिक कार्यक्रम तथा कृषि परिसर अवलोनका लागि पुगेका महोत्सव मूल संयाजक एवम् रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले बताए ।

महोत्सव स्थलमा माछा, केरा, तरकारी तथा फलफूल, दुग्धजन्य पदार्थ, पोल्ट्रीलगायत कृषि व्यवसायसँग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवम् मल बीउबिजनको प्रदर्शनीका साथै माछा, केरा, तरकारी तथा फलफूल, च्याउ, पोल्ट्रीका छुट्टाछुट्टै परिसर राखिएको छ ।

महोत्सवलाई सुरक्षित बनाउनका लागि सिसिटिभी क्यामेराबाट निगरानी गरिनुका साथै पाँच करोड रुपैयाँ बराबरको बीमा समेत गरिएको रेग्मीले बताए ।
स्वदेशी तथा विदेशीगरि महोत्सवमा ५२१ वटा स्टल रहेको छ भने महोत्सवमा ५० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने बताइएको छ ।

महोत्सव अवलोकनका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने विद्यार्थीका लागि २५ रुपैयाँ तथा अशक्त र ज्येष्ठ नागरिकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको रेग्मीले बताए ।

तपाईको प्रतिक्रिया